८ पुष २०८२, मंगलवार
,
Latest
तत्कालीन गृहमन्त्री रमेश लेखकलाई आयोगले बयानका लागि पत्र काट्यो थाई सेनाद्वारा कम्बोडियाका क्षेत्रमा आक्रमण जारी: कम्बोडियन रक्षा मन्त्रालय सरकारी टोलीद्वारा जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा कार्यालयको अनुगमन–फोटोफिचर प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम रवि लामिछाने भन्छन्: भेटघाट सुरु भएको छ, नयाँ शक्तिहरुलाई एकीकृत गर्छौं कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान, महाधिवेशन कार्यतालिकामा छलफल हुने व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्छु: प्रस्तावित राजदुत पौडेल



अ+ अ-

काठमाडौँ । कतारका लागि प्रश्तावित राजदुत रमेशचन्द्र पौडेलले नेपालमा प्रत्यक्ष लगानी भित्र्याउन कतार सरकारसँग विशेष पहल गर्ने बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा बसेको संसदीय सुनुवाई समितिको बैठकमा आफ्नो कार्ययोजना प्रश्ततु गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कतारसँगको सम्बन्ध थप बिस्तार गर्दै कतारमा रहेका नेपालीहरुका समस्या समाधानका लागि पहल गर्ने बताउनु भयो । उहाँले कतारमा रहेका नेपाली श्रमीकहरुका समस्या समाधानका लागि आवश्यक पहलकदमी लिने र उनीहरुले पाउनुपर्ने सुविधानको व्यवस्थापन गर्ने उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘त्यो देशसँग सम्बन्ध बिस्तार गर्ने, त्यो देशसँग प्रतिनिधिको रुपमा गर्नुपर्ने धेरै कामहरु छन् । नेपाली नागरिकहरु जो त्यहाँ हुनुहुन्छ, उहाँहरुलाई विभिन्न सेवा सुविधाको आवश्यकता पर्दछ । खासगरी पासपोर्ट लगायतका । त्यसको व्यवस्थापन गर्ने । कन्सुलर सर्भिसहरु प्रदान गर्ने । श्रमको प्रमुख गन्तव्य भएको कारणले गर्दा त्यसमा तममा सुविधाहरु उपलब्ध गराउने, उहाँहरुको कामलाई अनुकुलन प्रदान गर्ने । नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन विशेष पहल गर्ने । त्यहाँ भएका नेपालीहरु, प्रवासी डायस्पोराहरु छ, उहाँहरुसँग भएका श्रोतहरु सर्वोपरी हितमा प्रयोग गर्ने ।’

प्रश्तावित राजदुत पौडेलले सरकारको निर्देशन र त्यहाँको परिस्थितिअनुसार कार्यक्रमहरु अघि बढाउने बताउनु भयो । उहाँले श्रमीकहरुको सम्झौताको अवधि थप गर्ने बताउनु भयो ।