२० जेष्ठ २०८३, बुधबार
,
Latest
फिर्के खोला वरपरका १६० संरचना हटाइयो खेलकुदका माध्यमबाट अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा महत्त्वपूर्ण योगदान पुग्छ : राष्ट्रपति तापक्रममा वृद्धि, काठमाडौँमा पनि बढ्यो गर्मी छल्न बर्दिबासका विद्यालय बन्द अन्नपूर्ण आरोहण दिवसमा लमजुङको दोर्दीमा पर्वतारोहीहरू सम्मानित इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते गाजाको ७० प्रतिशत क्षेत्र नियन्त्रण गर्ने विषय अमेरिकी शान्ति योजनामा समावेश छैन : रुबियो अष्ट्रेलियामा विद्युतीय सवारी बजारमा तीव्र वृद्धि दुर्गम क्षेत्रमा इन्टरनेट विस्तारसँगै इन्डोनेसियाको नयाँ डिजिटल नीति पोखरा–जोमसोम हवाई सेवा तीन महिना बन्द
तपाईं के खोज्दै हुनुहुन्छ ?

फोटोसुटमा दीपिकाले देखाइन् बेबी बम्प – फोटोफिचर



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो गर्भावस्थाको फोटोसुटका केही तस्विरहरू सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।

अभिनेत्रीले सोमबार साँझ आफ्नो इन्स्टाग्राम अकाउन्टमा तस्बिर सेयर गरेकी छिन् ।

यी तस्बिरहरु सेयर गरेर दीपिकाले एक किसिमले ती व्यत्तिहरुलाई जवाफ दिएकी छिन् जसले उनको प्रेग्नेन्सी फेक भनेका थिए । मिडिया रिपोर्टमा अभिनेत्रीको डेलिभवरी मिति २८ सेप्टेम्बर रहेको बताइएको छ ।

दीपिकाले यही वर्ष फेब्रुअरी २८ मा सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको घोषणा गरेकी थिइन् ।

दीपिका पादुकोणले सन् २०१८ मा रणवीर सिंहसँग विवाह गरेकी थिइन् । दुवैको पहिलो भेट फिल्म ‘गोलियों की रासलीलाः रामलीला’ को सेटमा भएको थियो । सँगै काम गर्दागर्दै दुवै प्रेममा परे र ५ वर्षको सम्बन्धपछि दुवैले विवाह गरे ।

दीपिका र रणवीर ‘गोलियों की रासलीलाः रामलीला’, ‘पद्मावत’, ‘बाजीराव मस्तानी’ र ‘८३’ मा सँगै देखिएका छन् । यसबाहेक दीपिकाले रणवीरको फिल्म ‘सर्कस’ मा पनि क्यामियो गरेकी छिन् ।