२० मंसिर २०८२, शनिबार
,
Latest
प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला सशक्तिकरणमा सरकारले जोड दिएको छ: मन्त्री सुडी



अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले महिला सशक्तिकरणमा सरकारले जोड दिएको बताउनुभएको छ ।

मंगलवार काठमाडौंमा लैङ्गिक समावेशीकरण सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन उद्घाटनमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले मन्त्रालयको प्रमुख एजेण्डा भनेकै महिलाको अधिकार, जीवनशैलीको विकास र महिलालाई कसरी उच्चस्तरमा पुर्‍याउने भन्ने रहेको बताउनु भयो । २१ औं शताब्दी महिलाको शताब्दी रहेको भन्दै पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको उल्लेख गर्नुभयो । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘महिला सशक्तिकरणमा जोड छ । हाम्रो मन्त्रालयको नाउँ नै हो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक । अनि हाम्रो प्रमुख एजेण्डा महिलाको अधिकारको, महिलाको जीवनशैलीको, महिलाको उच्चस्तरमा कसरी पुर्‍याउने रु भन्ने नै हो । यो २१ औं शताब्दी महिलाको शताब्दी हो । पितृ सत्तात्मक व्यवस्था बिस्तारै बिस्तारै खस्किँदै गइरहेको छ । २१ औं शताब्दीमा मानव मानवको बीचमा, महिला र पुरुषको बीचमा खाडल हुने अवस्था छैन ।’

राष्ट्रिय मानव अधिकार आयोग र महिला आयोगको प्रतिवेदन कार्यान्वयन गर्न लागि पर्ने बताउनु भयो । उहाँले पुरुष बराबरको अवस्थामा महिलाको उपस्थिति ल्याउने आफूहरुको प्रमुख दायित्व रहेको बताउनु भयो । महिलालाई पछि पारेर पुरुष अघि बढ्न नसक्ने बताउनु भयो ।