२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुईनाल बन्दुकसहित पाँच पक्राउ



सांकेतिक तस्बिर
अ+ अ-

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–८ पिडालुबारीस्थित जङ्गलबाट दुईनाल भरुवा बन्दुकसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दुक लिएर जङ्गलमा सिकार गर्न गएको समयमा दुईनाल बन्दुक र त्यसमा लाग्ने १०० ग्राम बारुदसहित उनीहरुलाई शनिबार पक्राउ गरेर कारवाही अघि बढाउन लागिएको जिल्ला प्रहरी प्रमुख तुलबहादुर कार्कीले जानकारी दिनुभयो । 

उहाँको अनुसार पक्राउ पर्नेमा जिल्लाको म्यागङ गाउँपालिका–३ बस्ने २७ वर्षीय रवीन तामाङ, २८ वर्षीय अमर तामाङसहित १७ वर्षीय दुई र १५ वर्षीय एक किशोर रहेका छन् ।

उनीहरुले बन्दुक प्रयोग गरेर लामो समयदेखि सिकार गर्नेहरुको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट खटिएको प्रहरीको टोलीले जङ्गलबाट रङ्गेहात पक्राउ गर्न सफल भएको जनाइएको छ ।