• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   मुख्यमन्त्रीले विश्वासको मत लिनुअघि नै प्रदेश प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने गठबन्धन दलहरुको तयारी ★   अभिनेता शाहलाई ‘उद्धव दीर्घसाधना सम्मान’ प्रदान ★   यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त ★   टी–२० विश्वकपः क्यानडाले अमेरिकालाई दियो १९५ रनको लक्ष्य ★   संसद्का दुवै सदनको बैठकमा आज बजेटमाथि छलफल हुने ★   टी–२० विश्वकप आजदेखि, अमेरिका र क्यानडा भिड्दै ★   आठ जना युवा शल्यचिकित्सकले गरे १०० जनामा ‘कृतिम हाडजोर्नी प्रत्यारोपण’ ★   मोदीले ‘ह्याट्रिक’ गर्ने लगभग निश्चित ★   डर्टमण्डलाई हराउँदै रियलले जित्यो च्याम्पियन्स लिगको उपाधि ★   ‘राष्ट्रनिर्माणमा दलित’ सार्वजनिक

आइतबार पहिलो घण्टामा ३०.७८ अंकले बढ्यो नेप्से परिसूचक



symbolic picture

काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार कारोबारको पहिलो घण्टामा नेप्से परिसूचक ३० दशमलव ७८ अंकले बढेर १ हजार ९२४ दशमलव शून्य २ विन्दुमा पुगेको छ । १ हजार ९१२ दशमलव ११ विन्दुबाट शुरु भएको बजार कारोबारको पहिलो घण्टामा १ दशमलव ६३ प्रतिशत बढेको छ । पहिलो घण्टाको अवधिमा १८९ ओटा कम्पनीको रू. २ अर्ब ३५ करोड ६८ लाख बराबरको ५२ लाख ७६ हजार ९२ कित्ता शेयरको खरीदविक्री भएको छ । उक्त कारोबार २० हजार ४६० पटकको व्यापारमा भएको हो ।

कारोबारको पहिलो घण्टामा नेपाल बंगलादेश बैंकको शेयरमूल्य सबैभन्दा बढी ९ दशमलव ८९ प्रतिशतले वृद्धि भएर प्रतिकित्ता शेयरमूल्य रू. २८९ कायम भएको छ । पहिलो घण्टामा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये होटल्स, वित्त, निर्जीवन बीमा, लघुवित्त र म्युचुअल फण्ड समूहको परिसूचक घटेको छ भने बाँकी बैंकिङ, व्यापार, विकास बैंक, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ समूहको परिसूचक सबैभन्दा बढी ३ दशमलव ३२ प्रतिशतले बढेको छ ।

यस अवधिसम्म नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. १५ करोड ६२ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३६० मा कारोबार भइरहेको छ ।