३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता पाएको भोलिपल्टै प्रधानमन्त्रीलाई भेट्न काठमाडौँ आउँदै प्रकाश तामाङ ‘काले’



अ+ अ-

काठमाडौँ । प्रकाश तामाङ ‘काले’ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्न काठमाडौँ हिँडेका छन् ।

नागरिकता प्राप्त गरेको भोलिपल्टै प्रकाश प्रधानमन्त्री ओलीलाई भेट्न काठमाडौँ आउन लागेका हुन् । करिब १० वर्षको उमेरमा काठमाडौंको जोरपाटीबाट हराएका तामाङले आइतबार नागरिकता पाएका थिए ।

भोजपुरको षडानन्द नगरपालिका–१० का तामाङ गोरखाको चुमभ्यालीमा पुगेर कयौं वर्षदेखि त्यहीँ बसेका थिए । प्रकाशको बुवा–आमासँग नाता कायम र जन्मदर्ताको कागज बनाएर नागरिकता दिलाइएको छ ।

गत बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले तामाङलाई तत्काल नागरिकता दिने व्यवस्था मिलाउन गृह सचिवलाई निर्देशन दिनुभएको थियो ।

‘हेर्ने कथा’को ‘हराएका वर्षहरू’ नामक एपिसोड सार्वजनिक भएसँगै प्रकाश चर्चामा आएका थिए ।

तस्बिरः राजेन्द्र शेष्ठ