१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तर्राष्ट्रिय क्षेत्रमा स्वीच सञ्चालनमा अर्को कम्पनीसँग सहकार्य गर्नुपर्ने – एनसीएचएल



अ+ अ-

काठमाडौं। नेशनल पेमेन्ट स्विच सञ्चालन अनुमति पाएको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले राष्ट्र बैंक सञ्चालक समितिमा पावर पोइन्ट प्रिजेन्टेसन दिएको छ। गत साताको सञ्चालक समितिमा एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेषमानसिंह प्रधानले स्वीचले कसरी काम गर्छरु कस्ता(कस्ता पूर्वाधार चाहिन्छरु लगायतका बारेमा जानकारी गराएका थिए।

उनले स्वीच सञ्चालनमा आएपछि नेपालको आफ्नै छुट्टैपेमेन्ट कार्ड (भिजा, युनियन पे भनेजस्तै) हुनु पर्ने बताए। त्यसलाई अन्तर्राष्ट्रिय क्षेत्रमा चल्ने बनाउन अर्को कम्पनीसँग सहकार्य गर्नुपर्ने पनि जानकारी गराएका थिए। त्यसपछि सञ्चालकहरुले कति खर्च लाग्ने  त्यो खर्च कसले व्यहोर्ने भन्ने बारे प्रश्न सोधेका थिए। यस सम्बन्धि जानकारी चाँडै तयार पार्न गभर्नर महाप्रसाद अधिकारीले प्रधानलाई निर्देशन दिएका छन्। उनले चाँडै यस बारेमा अर्को प्रिजेन्टेसन राष्ट्र बैंक सञ्चालकहरुलाई दिनेछन्।