१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ: महासचिव पोखरेल

आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ: महासचिव पोखरेल
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा नेपाल बुद्धिजीवि परिषद् केन्द्रिय महिला विभागद्वाार आयोजित सामाजिक रुपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताउनु भयो । उहाँले अहिले कमाईको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताउनु भयो । उहाँले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा नभएको बताउनु भयो ।

उहाँले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताउनु भयो । उहाँले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनु भयो । चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामानहरु स्वदेशमै उत्पादित हुनुपर्ने बताउनु भयो । उहाँले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरितको कार्य भएको बताउनु भयो । भगवानलाई पनि आफूले उत्पादन गरेको कुराहरु नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ । तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने । कमाईको मुख्य श्रोत बनेको छ मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने । भन्दाखेरि हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधिनता र सार्वभौम सत्ताका लागि अनुकुल ढाँचा हो की होइन रु भन्दा, होइन । यसले हाम्रो देशलाई कमजोर बनाइरहेको छ । खोक्रो बनाइरहेको छ । त्यसअर्थमा देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वहरुले अर्थतन्त्रलाई चलायमान बनाउँछ । हाम्रो पूजा कोठामा प्रयोग गर्ने सामानहरु भारत, चीनबाट ल्याएको सामान प्रयोग गर्नेकुरा संस्कृति विपरित कार्य हो भन्ने बुझाउन सकियो भने राम्रो हो । हाम्रै उत्पादन चढाउने, भगवानलाई । हाम्रो चाडपर्वहरुको मक्सद आफूले गरेका उत्पादनहरुको पहिलो भोग भगवानलाई दिने भनेको हो । संस्कृतिको आधार त्यो हो ।’

महासचिव पोखरेलले सही विचार संप्रेषण गर्नसके समाज रुपान्तरण हुने बताउनु भयो ।