१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

मकैका घोगा कुहिन थालेपछि किसान चिन्तित

मकैका घोगा कुहिन थालेपछि किसान चिन्तित
अ अ+ अ-

मलेखु । मकैका घोगा कुहिएर बोट सुकेपछि जिल्लाको थाक्रे गाउँपालिका–६ रानीबारीका किसान चिन्तित बनेका छन् । बिरुवा उम्रिएपछि राम्रोसँग हुर्किए पनि दाना लाग्नेबेला घोगा कुहिएर गन्हाउन थालेपछि किसान चिन्तामा परेका हुन् ।

पोलेर खान मिल्ने भएदेखि हरियो घोगा बेचेर नगद लिने किसानले अहिले आफैँले मकै चाख्न पाएका छैनन् । बोटमा घोगा कुहिएर गन्हाएकाले अहिले किसान बारीमा जान सक्ने अवस्था नरहेको रानीबारीका किसान हरि थापाले बताउनुभयो ।

थाक्रे गाँउपालिकामार्फत वडा कार्यालयले ५० प्रतिशत अनुदानमा मकैको बीउ उपलब्ध गराएको थियो । किसानले सोही बीउ बारीमा लगाएका थिए । “बिरुवा हुर्कदासम्म राम्रै देखिन्थ्यो । जब बोटले सुत्ला च्याप्ने बेला भयो जुँगा चाहिँ सेतो निस्कियो”, थापाले भन्नुभयो, “घोगामा दाना लाग्न थालेपछि बोटसहित घोगा कुहिन थाल्यो । केही दिनपछि बोटै सुक्न थाल्यो ।”

स्थानीय सरकारले अनुदानमा उपलब्ध गराएर रानीबारीका किसानले लगाएको मकै सिपी जातको हो । बारीमा ढोड र मकैको घोगा कुहिएर जान सक्ने अवस्था नरहेको थापाको भनाइ छ । छ किलोग्राम मकैको बीउ लगाएकामा पोलेर खान नपाएको किसानले सुनाएका छन् । वडा नं ६ को रानीबारीका मात्रै ६० जनाभन्दा बढी किसानले यही समस्या भोग्नुपरेको छ ।

“सबै ठाउँमा मकै भित्र्याएर कोदो लगाउने बेला भयो । परम्परागत मकैको बिउ लगाउनेले अघिल्लो वर्षकै जस्तो फलाएका छन्”, किसान गुरुदत्त गर्तौलाले भन्नुभयो । उहाँले १८ रोपनी बारीमा आठ किलोग्राम सिपी जातको मकै लगाउनुभएको थियो ।

“बिरुवा उम्रदा बारीमा बोट राम्रै थियो । सुत्ला पनि राम्रै देखिन्थ्यो मकैमा दान लाग्न सुरु भएपछि धानचमारा सुक्न थाल्यो । केही दिनमा बोट र घोगा कुहिन थाल्यो”, गर्तौलाले भन्नुभयो, “ढोड र मकैको घोगा कुहिएर बारीमा पस्नसक्ने अवस्था छैन ।”

सेतो जुँगा भएको मकैमा यो समस्या देखिएको गर्तौलाको बुझाइ छ । “मेरो बारीमा १५ देखि १८ क्विन्टल मकै फल्थ्यो । यस वर्ष एक घोगा घरमा ल्याउन पाइएन”, उहाँले भन्नुभयो ।

धेरै फलाउने आशामा रहेका किसानले मकै भित्र्याउन नपाएका रानीबारीका किसान कृष्णबहादुर थापाले गुनासो गर्नुभयो । “भएजति बारी सबै ठाउँमा यही बीउ लगाएँ । अहिले पोलेर खान पनि पाइन”, उहाँले भन्नुभयो, “सरकारले मकैको क्षतिपूर्ति दिनुपर्छ ।”

गाउँपालिकामार्फत वडा कार्यालयले अनुदानमा उपलब्ध गराएको मकैमा समस्या देखिएको जानकारी वडा र गाउँपालिका कार्यालयलाई भएको वडा नं ६ का वडाध्यक्ष हिराबहादुर थापाले बताउनुभयो । “कृषि शाखामार्फत बीउ खरिद तथा वितरण गरेका थियौँ । अहिले समस्या आएपछि स्थलगत अवलोकन गरेर अनुसन्धान गरिरहेका छौँ । किसानको हितमा के गर्न सकिन्छ छलफल पनि भइरहेको छ”, उहाँले भन्नुभयो ।

यस वर्ष एक हजार दुई सय ३० किलो बीउ वितरण गरेकामा तीन सय २० किलोमा समस्या देखापरेको कृषि शाखा प्रमुख सौगात थापाले जानकारी दिनुभयो । मकैको बीउ सप्लार्यस कम्पनी कर्मा सिड र स्थानीय बिक्रेता वाग्ले एग्रोभेटलाई पत्राचार गरी कारण पत्ता लगाउन भनिएको उहाँले बताउनुभयो । बीउ खराबीका कारण समस्या आएको भए किसानले क्षतिपूर्ति पाउने उहाँको भनाइ छ ।रासस