२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी रंगशालाको पुन: निर्माण पहिलो प्राथमिकता छ: मन्त्री चौधरी



अ+ अ-

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको पुन: निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताउनुभएको छ ।

मन्त्री चौधरीसहित मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गरेको हो ।

वीरगञ्जको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको अवस्था जिर्ण रहेको भन्दै मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै रंगशाला पुन: निमार्ण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताउनु भयो । रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकार तयार रहेकोले रंगशालाको पुन: निमार्ण द्रुत गतिमा अघि बढाउने मन्त्री चौधरीले बप्रतिवद्धता जनाउनु भयो । मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अनुगमनको क्रममा पुननिमार्णको काम अघि बढेको पाइएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरी आयोजना अघि बढाउने बताउनु भयो । उहाँले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताउनु भयो ।

मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवालले जिर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित बनाउन संघीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो । नारायणी रंगशाला जिर्ण हुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाले बताउनु भयो ।

रंगशाला पुन:निर्माण भएपछि मधेस प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिने जानकारी दिनुभयो । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा र खेलाडीहरुको सहभागिता रहेको थियो ।