२२ असार २०८३, सोमबार
,
Latest
व्यवसायी सुमार्गीमाथि थप अनुसन्धान नगर्न आदेश स्वास्थ्यमन्त्री मेहताद्वारा आयुर्वेद चिकित्सालयको अनुगमन ऋण असुलीबाट शिव शिखरका थप २४८ जना पीडितले पाए रकम एडिबीसँग ६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण सम्झौता टेरामक्स प्रकरण: पूर्वमन्त्री बस्नेत सहित केहीलाई सफाई ,तीन जनालाई कैद सजाय र जरिवाना सरकारी जग्गा ओगटेर बनेका ट्रेड युनियनका भवन तीन दिनभित्र खाली गर्न मन्त्रालयको निर्देशन सिद्धार्थ बैंकविरुद्ध कीर्ते कागजात तयार गरी कलोसूचीमा रहेको कम्पनीको नाममा करोडौँ कर्जा प्रवाह गरेको आरोप सरकारका सय दिन उत्साहजनक छैनन्, लोकतान्त्रिक विधि र प्रक्रिया मिचियोः अर्जुननरसिंह केसी कोशी प्रदेशसभाः विषयगत मन्त्रीले दिनुभयो जवाफ सरकार उत्तरदायित्वबाट पन्छियो, सय दिनको उपलब्धि शुन्यः सांसद थेबे
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी रंगशालाको पुन: निर्माण पहिलो प्राथमिकता छ: मन्त्री चौधरी



अ+ अ-

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले वीरगञ्जको नारायणी रंगशालाको पुन: निर्माण पहिलो प्राथमिकता राखेर काम अगाडि बढाउने बताउनुभएको छ ।

मन्त्री चौधरीसहित मधेस प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगञ्जको नारायणी रंगशालाको निरीक्षण गरेको हो ।

वीरगञ्जको धरोहरको रुपमा रहेको नारायणी रंगशालाको अवस्था जिर्ण रहेको भन्दै मन्त्री चौधरीले खेलकुद संरचनाको अवलोकन तथा निरीक्षणका गर्दै रंगशाला पुन: निमार्ण पहिलो प्राथमिकता साथ काम अगाडि बढाउने बताउनु भयो । रंगशालाको स्तरोन्नति गर्नको लागि कतार सरकार तयार रहेकोले रंगशालाको पुन: निमार्ण द्रुत गतिमा अघि बढाउने मन्त्री चौधरीले बप्रतिवद्धता जनाउनु भयो । मन्त्री चौधरीले नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य आयोजना गर्न अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले अनुगमनको क्रममा पुननिमार्णको काम अघि बढेको पाइएको उल्लेख गर्दै आफ्नो कार्यकालमा नयाँ योजनाका साथ सरोकारवाला निकायसँग सहकार्य गरी आयोजना अघि बढाउने बताउनु भयो । उहाँले केही समयभित्रै खेलकुदमा परिवर्तन भएको खेलाडीले अनुभव गर्न पाउने बताउनु भयो ।

मधेश प्रदेश सरकारका खेलकुदमन्त्री प्रमोद जयसवालले जिर्ण अवस्थामा रहेको रंगशालागाई व्यवस्थित बनाउन संघीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताउनु भयो । नारायणी रंगशाला जिर्ण हुदाँ राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिता हुन नसकेको मन्त्री जयसवाले बताउनु भयो ।

रंगशाला पुन:निर्माण भएपछि मधेस प्रदेशको समृद्धि र विकासका लागि खेलकुदमार्फत पर्यटनको प्रवद्र्धन गर्न सकिने जानकारी दिनुभयो । अनुगमनको क्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजरा र खेलाडीहरुको सहभागिता रहेको थियो ।