१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कंगोमा इबोला संक्रमण केही क्षेत्रमा घट्दो, मृतकको संख्या ४ हजार नाघ्यो News Polar डा सुनिल शर्माले गरे काँग्रेस महामन्त्रीमा उम्मेद्वारी घोषणा News Polar आज १६ दिने महालक्ष्मी व्रत विधिपूर्वक समापन गरिँदै News Polar प्रिय टेकराज ! तिमीलाई बिदाइ होइन, बस् सम्मान… News Polar विश्व शेर्पा सम्मेलनको तयारी पूरा, २५ देशबाट प्रतिनिधि सहभागी हुने News Polar टर्की र युक्रेनबीचको स्वतन्त्र व्यापार सम्झौता कार्यान्वयनमाः द्विपक्षीय व्यापारमा नयाँ आयाम News Polar बाढीपछिको पुनःस्थापनामा प्रभावित नागरिकको जीविकोपार्जनलाई प्राथमिकता दिन सांसदहरुको आग्रह News Polar हेटौंडामा सुमो काउन्टर एकै ठाउँमा ल्याइँदै, बजारको ट्राफिक चाप घटाउने तयारी News Polar गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई , योगिनीलाई लार्जेस्ट तथा शुक्रलाई फास्टेस्ट अवार्ड News Polar जलवायु न्यायको माग गर्दै सडकमा पीडितः ‘हाम्रो रगत र आँशुको मूल्य खोज्दैछौँ’(तस्बिरसहित) News Polar सिँचाइ विभागले ल्यायो वैदेशिक रोजगारीबाट फर्केका युवा लक्ष्यित कार्यक्रम News Polar रास्वपा केन्द्रीय समिति बैठक आज News Polar सहसचिव जितेन्द्र बस्नेतको आक्रोशः निजामती सेवा विधेयक भर्त्सनायोग्य छ News Polar मेकाडेमिया नट खेतीमा किसानको आकर्षण News Polar अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान News Polar एलिना चौहानले भनिन्– ‘मेरो विगतलाई मेरो वर्तमानको परिचय नबनाइदिनुस्’ News Polar नवलपरासीमा यात्रुवाहक बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते News Polar बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति News Polar निःशुल्क आँखा शिविरबाट १८७ जना लाभान्वित

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तिब्र

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तिब्र
अ अ+ अ-

काठमाडौँ । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ ।

बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म (नोभेम्बर ७ देखि १० तारिखसम्म) दुबईमा हुने अन्तर्राष्ट्रिय स्तरको बेसबल प्रतियोगिताको लागि तयारी तिब्र पारिएको हो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, साउदी अरब, पाकिस्तान, युएई, अफगानिस्तान लगायतका मुलुकले सहभागीता जनाउनेछन् । उक्त प्रतियोगिता नेपालको बसेबल खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचत गराउन कोशेढुङ्गा सावित हुने भएकाले विभिन्न जिल्ला र प्रदेशबाट छनौट भएका खेलाडीलाई क्लोज क्यापमा राखि डेढ महिनादेखि प्रशिक्षण दिइएको राष्ट्रिय टोलीका प्रशिक्षक रोशन थापाले बताउनु भयो । उहाँले दुबईमा हुने प्रतियोगिता लगत्तै वेस्ट एशिया बेसबल कप पनि ओयोजना हुन लागेको जानकारी गराउँदै उक्त प्रतियोगितालाई पनि ध्यानमा राखी प्रशिक्षण भइरहेको बताउनु भयो ।

यता नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा दीपक न्यौपानेले पनि दुवै प्रतियोगितालाई ध्यानमा राखि क्लोज क्यापमार्फत प्रशिक्षणलाई तिब्रता दिइएको जानकारी दिनुभयो । उहाँले नेपालमा बसेबल खेलको पनि प्रचुर सम्भावना रहेको भन्दै संघले तयार पारेको कार्ययोजनामा राज्य, निजी क्षेत्र लगायत सम्बन्धीत सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सबैको सहयोग भएको खण्डमा बेसबल खेलले पनि राष्ट्रका लागि पदक दिलाउन सक्ने सम्भावना रहेको भन्दै बेसबल खेलमा लगानी गर्न राज्यपक्ष, निजी क्षेत्र लगायत सबै पक्षसँग आह्वान पनि गर्नुभयो ।

वेस्ट एशिया बेसबल कपलाई पश्चिम एशियाली बेसबल खेलाडीहरुले बेसबल खेलको कुम्भ मेलाको रुपमा लिने गरेका छन् । वेस्ट एशिया बेसबल कपको विजेता र उपविजेताले एशियाली बेसबल च्याम्पियनसिपमा सहभागीता जनाउन पाउनेछन् ।