८ पुष २०८२, मंगलवार
,
Latest
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार दिगो पर्यटनको लागि सबै जिम्मेवार हुनुपर्नेमा जोड नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ: नेता पौडेल राष्ट्रपतिद्वारा तीन ठूला दलका शीर्ष नेतासँग छलफल आह्वान मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु काठमाडौँको तापक्रम आज यस वर्षकै कम आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट: खेल तालिका सार्वजनिक चौथो एसेज टेस्टका लागि अस्ट्रेलियाको टोली घोषणाः कमिन्स बाहिर, स्मिथ कप्तानमा फर्किए माईतीघरमा जेनजीको नाराबाजीः ‘जेनजीको माग हरायो, निर्वाचन भनि करायो’ –फोटोफिचर एमाले उपमहासचिव भट्टराईद्वारा सचिवालय बैठक बोलाउन माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीको तयारी तिब्र



अ+ अ-

काठमाडौँ । कात्तिक २२ गतेदेखि दुबईमा हुने अरब क्लासिक बेसबल च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टोलीले तयारी तिब्र बनाएको छ ।

बेसबल युनाइटेडको आयोजनामा आउँदो कात्तिक २२ गतेदेखि २५ गतेसम्म (नोभेम्बर ७ देखि १० तारिखसम्म) दुबईमा हुने अन्तर्राष्ट्रिय स्तरको बेसबल प्रतियोगिताको लागि तयारी तिब्र पारिएको हो ।

चार दिनसम्म चल्ने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, साउदी अरब, पाकिस्तान, युएई, अफगानिस्तान लगायतका मुलुकले सहभागीता जनाउनेछन् । उक्त प्रतियोगिता नेपालको बसेबल खेललाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचत गराउन कोशेढुङ्गा सावित हुने भएकाले विभिन्न जिल्ला र प्रदेशबाट छनौट भएका खेलाडीलाई क्लोज क्यापमा राखि डेढ महिनादेखि प्रशिक्षण दिइएको राष्ट्रिय टोलीका प्रशिक्षक रोशन थापाले बताउनु भयो । उहाँले दुबईमा हुने प्रतियोगिता लगत्तै वेस्ट एशिया बेसबल कप पनि ओयोजना हुन लागेको जानकारी गराउँदै उक्त प्रतियोगितालाई पनि ध्यानमा राखी प्रशिक्षण भइरहेको बताउनु भयो ।

यता नेपाल बेसबल तथा सफ्टबल संघको अध्यक्षमा दीपक न्यौपानेले पनि दुवै प्रतियोगितालाई ध्यानमा राखि क्लोज क्यापमार्फत प्रशिक्षणलाई तिब्रता दिइएको जानकारी दिनुभयो । उहाँले नेपालमा बसेबल खेलको पनि प्रचुर सम्भावना रहेको भन्दै संघले तयार पारेको कार्ययोजनामा राज्य, निजी क्षेत्र लगायत सम्बन्धीत सबै पक्षले सहयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले सबैको सहयोग भएको खण्डमा बेसबल खेलले पनि राष्ट्रका लागि पदक दिलाउन सक्ने सम्भावना रहेको भन्दै बेसबल खेलमा लगानी गर्न राज्यपक्ष, निजी क्षेत्र लगायत सबै पक्षसँग आह्वान पनि गर्नुभयो ।

वेस्ट एशिया बेसबल कपलाई पश्चिम एशियाली बेसबल खेलाडीहरुले बेसबल खेलको कुम्भ मेलाको रुपमा लिने गरेका छन् । वेस्ट एशिया बेसबल कपको विजेता र उपविजेताले एशियाली बेसबल च्याम्पियनसिपमा सहभागीता जनाउन पाउनेछन् ।