९ भाद्र २०८३, मंगलवार
,
Latest
जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ पुँजी बजार सुधारका लागि नयाँ ऐन र प्रविधिमा आधारित निगरानी आवश्यक : निरज गिरी ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्सेमा दोहोरो अङ्कको गिरावट



अ+ अ-

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । सोमबार ब्रोकर कम्पनीको डेटा सेन्टरमा समस्या भए पनि कारोबारमा व्यवधान खडा भएको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से १७.१५ अङ्कले ओरालो लागेर दुई हजार ६५०.९७ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७.२६ अङ्कले आरालो लागेर ५०२.५९ मा झरेको छ । नेप्से ओरालो लागेसँगै कारोबार रकम पनि सस्तोमा समेटिएको छ । कूल २२९ कम्पनीको ६५ लाख २९ हजार २६ कित्ता शेयर रु तीन अर्ब ३६ करोड ४२ लाख २९ हजार १७५ बराबरको कारोबार भयो । 

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । होटल तथा पर्यटन ९७.७, निर्जीबन बीमा ६७.३३, जीवन बीमा १०२.७४ र सामूहिक लगानी कोष ०.०९ अङ्कले उकालो लागेको छ । बैंकिङ ११.७८, व्यापार २७.९२, विकास बैंक १२.९१, जलविद्युत् ४५.३६, वित्त ११.४२, उत्पादन १०४.४१, अन्य ३५.५८, लघुवित्त ३९.४९ र लगानी ०.७२ अङ्कले ओरालो लागेको छ । 

मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ३७ खर्ब ५८ अर्ब ४७ करोड ९६ लाख ५७ हजार ६४६ बराबर पुगेको छ । कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड शीर्ष स्थानमा छ । सो कम्पनीको रु ३४ करोड २३ लाख ५७ हजार १९४ बराबरको कारोबार भयो । अपि पावर कम्पनी रु १२ करोड २० लाख दुई हजार ३३८, नेपाल लाइफ इन्स्योरेन्स रु ११ करोड ८४ लाख ५२ हजार ३७६, नेपाल पुनरबीमा कम्पनी रु १० करोड ९१ लाख आठ हजार १३२ र शिवम् सिमेन्ट रु नौ करोड १४ लाख ६६ हजार ६४४ बराबरको कारोबार भई शीर्ष पाँचमा पर्न सफल भए । 

नेप्सेका अनुसार इमर्जिङ नेपाल ९.९८, सगरमाथा इन्स्योरेन्स ६.६४, सोल्टी होटल ६.५१, युनाइटेड इदी मर्दी हाइड्रोपावर ५.८१ र नेपाल पुनर्बीमा कम्पनीका लगानीकर्ताले ४.८७ प्रतिशतले कमाए । नेपाल दूरसञ्चार कम्पनी ५.१३, मैलुङ खोला जलविद्युत् कम्पनी ४.८६, सिङ्गटी हाइड्रोपावर ३.९१, माउण्टेन हाइड्रो ३.४५ र नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.२७ प्रतिशतले गुमाए ।