३ आश्विन २०८१, बिहीबार
,
Latest
बार्सिलोना मोनाकोसँग पराजित, आर्सनल र एटलान्टाको बराबरी एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउनयता ७८ जनामा स्क्रबटाइफस



अ+ अ-

चितवन । जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ । तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो ।

जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलका अनुसार सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका छन् । गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षण गर्दा दुई सय ४८ जनामा स्क्रबटाइफस देखिएको थियो ।

“स्क्रबटाइफस सङ्क्रमण मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ । स्क्रबटाइफस भएमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ”, जनस्वास्थ्य अधिकृत पटेलले भन्नुभयो ।

यसको सङ्क्रमणबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने पटेलले बताउनुभयो । रासस