२० भाद्र २०८३, शनिबार
,
Latest
शिक्षक आन्दोलनको इतिहास समेटिएको पुस्तक सार्वजनिक राज्यका निकायहरू अन्योलमा छन्ः सरकारको लक्षण राम्रो छैनः प्रचण्ड बाढीले पुरेको घरभित्रबाट ‘बचाऊ–बचाऊ’ भनेपछि… भोटेकोशी बाढीः कर्तव्य पालनाका सिलसिलामा मृत्यु भएका सशस्त्र प्रहरीका परिवारलाई २५ लाख राहत भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

आहा रारा गोल्डकपः पुलिस क्वाटरफाइनलमा



अ+ अ-

पोखरा । नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । 

आज पोखरा रंगशालामा भएको खेलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी शुटआउटमा हराउँदै पुलिस क्वाटरफाइनलमा पुगेको हो । खेलको निर्धारित ९० मिनेट एक/एक गोलको बराबरीपछि थपिएको अतिरिक्त समयमा पनि गोल हुन सकेन । 

खेल पेनाल्टी सुटआउटमा पुग्यो । अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक सहारा क्लबलाई २–० गोलले हराउँदै एपीएफ क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ । 

प्रतियोगितामा १० टोली सहभागी छन् । प्रतियोगिताको विजेताले १० लाख १ हजार रुपैयाँ र उपविजेताले ५ लाख १ हजार रुपैयाँ पाउने छन् ।