२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

तीजका अबसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

तीजका अबसरमा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नम्वर १५स्थित जोडोल टोल सुधार समाज महिला उपसमितिको आयोजना र अन्नपूर्ण विद्या सदनको संयोजनमा तीज विशेष सांस्कृतिक तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार आयोजित कार्यक्रममा तीज शुभकामना आदानप्रदानका साथै सामाजिक सेवामा योगदान पुर्याउँदै आएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान तथा अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा कामनपा वडा नम्वर १५ की जनप्रतिनिधी मैया महर्जन, डीएसपी पूर्णिमा चन्द,समाजसेवी भुवनप्रसाद पाण्डे,समाजसेवी नारायणप्रसाद भण्डारीलाई सम्मान तथा कदरपत्र वितरण गरिएको थियो । पूर्वमन्त्री तथा बागमती प्रदेशसभा सदस्य उद्धव थापा ,बागमती प्रदेश सभा सदस्य सगिता खड्गी,वडाअध्यक्ष ईश्वरमान डंगोलले उहाँहरुलाई सम्मान गर्नुभएको थियो ।

महिला तथा समाजसेवीहरुको उल्लेख्य उपस्थिती रहेको जो डोल टोल सुधार समाज तीज विशेष सांस्कृतिक कार्यक्रममा मौलिक तीज गीतमा नृत्य प्रस्तुतीका साथै दर खाने कार्यक्रम गरिएको थियो । कार्यक्रममा वक्ताहरुले तीज भड्किलो बन्दै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।

 

कार्यक्रमकी मूख्य संयोजक लक्ष्मी पाण्डेले तीजको मौलिकता जोगाउन र तडकभडक शैलीलाई निरुत्साहित गर्नपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाली कांग्रेस कामनपा वडा नम्वर १५ की क्रियाशील सदस्य सुमित्रा अर्यालले तीज महिला दिदीबहिनीको स्वतन्त्रता र सद्भाव बाँड्ने पर्वका रुपमा मानिने भएकाले गलत संस्कृतिको विरोध गर्दै हार्दिकता साटासाट गर्न आग्रह गर्नुभयो । कार्यक्रममा चर्चित कलाकार सहित बिद्यार्थीहरुले आ आफनो प्रस्तुती दिनु भएको थियो ।