२५ भाद्र २०८३, बिहीबार
,
Latest
गृहमन्त्रीको पत्रकारविरोधी अभिव्यक्ति फिर्ता लिन मानव अधिकारकर्मीको माग राप्रपा महाधिवेशनको तयारी तीव्र, ४४ जिल्लामा अधिवेशन सम्पन्न तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाबारे निर्णय गर्न मन्त्रिपरिषद् बैठक बस्दै नर्वेका जनप्रिय राजा हेराल्ड पाँचौँलाई आँसु र राजकीय सम्मानका साथ बिदाइ यमनमा फेरि युद्ध भड्कियो – बाब अल-मन्दाब क्षेत्रमा भीषण भिडन्त टर्कीको अन्टाल्यामा भीषण डढेलो, एकको मृत्यु, २५० घर खाली गराइयो तरकारीको विषादी परीक्षण बढाइँदै सेतीबाढीपीडितले पठाए भोटेकोशी पीडितलाई सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

लाइप्जिगले लेभरकुसेनलाई हरायो



अ+ अ-

काठमाडौँ । जर्मन फुटबल लिग बुन्डेसलिगा अन्तर्गत आरबी लाइप्जिगले जित निकालेको छ ।

गएराति भएको खेलमा लाइप्जिगले लेभरकुसेनलाई उसकै घरेलु मैदानमा ३–२ गोलले हराएको हो ।

लाइप्जिगलाई जित दिलाउन लोइस ओपेन्डाले दुई तथा केभिन काम्पीले एक गोल गरे । लेभरकुसेनका जेरेमी फ्रिम्पोङ र अलेजान्ड्रो ग्रिमाल्डोले एक–एक गोल गरेपनि टोलीको हार टार्न सकेनन् ।

लाइप्जिगको यो लगातार दोस्रो जित हो । उसले २ खेलबाट ६ अंक जोडेको छ । लेभरकुसेनले समान खेलबाट ३ अंक जोडेको छ ।