• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   निक जोनस र प्रियंका चोपडाको हट अवतार – तस्बिरहरु ★   नेप्से पुगेर अर्थमन्त्रीको प्रश्न: पुँजीबजार किन अस्थिर भइरहेको छ? ★   यस पटकको संविधान दिवसमा कैदीबन्दी नछुट्ने ★   पलेशालाई काठमाडौं जिल्ला तेक्वान्दोसहित ३ संस्थाको सम्मान ★   संविधान संशोधन दुई दलले मात्रै सम्भव छैन, इगो बिर्सिएर सबै दल एक ठाउँमा आउनुस्: पर्यटनमन्त्री… ★   कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत ★   चुरे संरक्षण गर्न सेनाद्वारा वृक्षरोपण ★   आन्तरिक पर्यटकको रोजाइमा बराहताल र बुकीपाटन ★   सर्लाहीमा शैक्षिक रूपान्तरणका लागि ‘नानीसँगै हामी’ ★   धौलागिरि आइसफलतर्फ पर्यटकको आकर्षण बढ्दो

करोडौं रकमको प्रस्ताव गरेपनि आर माधवनले पान मसालाको विज्ञापन गर्न अस्वीकार गरे



एजेन्सी । बलिउड तथा साउथ अभिनेता आर माधवनले हालै पान मसाला ब्रान्डको समर्थन अस्वीकार गरेका छन् ।

यसका लागि कलाकारलाई ठुलो रकमको अफर आएको थियो । तर, दर्शकप्रतिको आफ्नो जिम्मेवारीलाई ध्यानमा राख्दै अभिनेताले यो प्रस्ताव अस्वीकार गरेका हुन् ।

दर्शकलाई हानि पुग्ने कुनै पनि ब्रान्डलाई प्रचार गर्न नचाहेको अभिनेताले बताए । स्रोतका अनुसार एउटा ठूलो पान मसाला कम्पनीले आफ्नो ब्राण्डको पहुँच बढाउने प्रयास गरिरहेको थियो । अब माधवनले अस्वीकार गरेपछि कम्पनीले ब्रान्डका लागि नयाँ अनुहार खोजिरहेको छ ।

केही समयअघि अभिनेता अजय देवगन, शाहरुख खान र अक्षय कुमार पान मसाला र गुटखा ब्राण्डको प्रचार गरेको भन्दै आलोचनामा परेका थिए । यसपछि अक्षयले यस्तो प्रमोशनमा सहभागी नहुने घोषणा गरेका थिए । उनले फ्यानसँग माफी पनि मागेका छन् ।