• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   विद्यालय शिक्षा ऐनलाई छिटो पारित गर्नेछौँ: शिक्षामन्त्री भट्टराई ★   हेमन्त शर्माको ‘आउँथ्यो दशै’ गीत सार्वजनिक (भिडियोसहित) ★   सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार, आजै प्रधानमन्त्रीलाई बुझाइने ★   बुद्ध एयरले भारतको वाराणसीमा उडान थप्यो ★   सेती नदीमा ट्याक्टर खस्दा दुई जना बेपत्ता ★   अल नासरले मुख्य प्रशिक्षक कास्ट्रोलाई बर्खास्त गर्यो ★   चक्रवात ‘यागी’का कारण दक्षिण पूर्वि एसियाका ६०लाख बालबालिका प्रभावित: युनिसेफ ★   जोमसोमको ऐतिहासिक काठेपुल सौन्दर्यकरण गरिँदै ★   सरकारको न्युनतम साझा कार्यक्रम आज सार्वजनिक गर्दैछौँ: महामन्त्री थापा ★   नेपाल र हिमालयसँग सम्बन्धित करिब पाँच हजार दुर्लभ पुस्तकहरूको पुस्तकालय अब सबैका लागी खुल्ला

अरू देशको तुलनामा नेपालको प्रेस स्वतन्त्रता बलियो छ: मन्त्री गुरुङ



काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ ।

राष्ट्रिय समाचार समिति ९रासस०सँग आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय समाचार माध्यमको अवस्था दर्शाउँदै बहुलवादी खुला समाज अङ्गीकार गरेको नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता बलियो रहेको धारणा राख्नुभयो । “सार्क क्षेत्रमै हेर्ने हो भने हाम्रो देशको प्रेस निकै लोकतान्त्रिक र खुला छ”, उहाँले भन्नुभयो, “प्रेसको यो गरिमा जोगाई राख्न मर्यादित र व्यवस्थित नीति ल्याउन आवश्यक छ ।”

सिङ्गापुर र मलेसियाजस्ता विकसित मुलुकमा समेत सीमित सञ्चारमाध्यम सञ्चालित रहेको उल्लेख गर्दै मन्त्री गुरुङले नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई मर्यादित र व्यवस्थित बनाउन सरकारले गृहकार्य सुरु गरेको जानकारी दिनुभयो । यसैअनुरुप यही भदौ ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिबन्धित ‘टिकटक प्लेटफर्म’ खुला गर्ने निर्णय गरेको उहाँको भनाइ थियो । सामाजिक सञ्जाल पछिल्लो समय युवाको रोजगारको केन्द्र बनेकाले प्रतिबन्ध लगाउनु उचित नरहेको मन्त्री गुरुङले बताउनुभयो । यद्यपि आवश्यक नियमन भने जरुरी रहेकाले निश्चित सर्त पूरा गरेर मात्रै ‘टिकटक’ सञ्चालन गर्न पाउने निर्णय गरिएको उहाँको भनाइ थियो ।

सामाजिक सञ्जाल सञ्चालन निर्देशिका, २०८० को दफा ३ मा उल्लेख गरिएको टिकटक प्रयोगकर्ता वा कम्पनीले दर्ता गर्नुपर्ने, दफा ६ अनुुसार प्रयोगकर्ताको प्वाइन्ट अफ कन्ट्याक (सम्पर्क केन्द्र) तोक्नुपर्नेलगायत सर्त पालना गर्नुपर्छ । मन्त्री गुरुङले टिकटकलगायत सामाजिक सञ्जाल सञ्चालकहरु नेपालको पर्यटन प्रवद्र्धन’, ‘डिजिटल सेक्युरिट’, ‘डिजिटल लिट्रेसी’, ‘पब्लिक एजुकेसन’का लागि सहयोग गर्न सहमत भएको जानकारी दिनुभयो ।

“सामाजिक सञ्जालमार्फत सामाजिक दूरभावना फैल्याउने, अश्लील, अमर्यादित खालका विषयभित्र रहेका शब्द, वाक्यको अङ्ग्रेजी, नेपालीसहित देशभित्र बोलिने अन्य भाषाहरुमा समेत ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्नुपर्छ भनेका छाँ, त्यसलाई उनीहरुले स्वीकार गरेका छन्”, उहाँले भन्नुभयो, “यसले झन्डै हजारौं युवाले रोजगार पाउँछन् भने सामाजिक सञ्जाल व्यवस्थित बन्न सघाउँछ ।”