२१ मंसिर २०८२, आईतवार
,
Latest
एनपिएलः अर्धशतकको सङ्ख्या ३५ पुग्यो क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतको आदेश साविक विजेता जनकपुरमाथि कर्णालीको रोमान्चक जित केबिन क्रूको भुमिकालाई मेसिनले प्रतिस्थापन गर्न सक्दैनः मन्त्री सिन्हा अन्तरराष्ट्रिय आप्रवासी दिवस मनाइने सोमबारदेखि मानव अधिकार महाभेला विमान केवल यात्रु बोकेर गन्तव्यमा पुर्याउने माध्यम होइन, सुरक्षा र मानव–केन्द्रित सेवाको मेलमिलाप पनि होः… संसद् महत्वपूर्ण र निर्णायक हो भन्ने पुष्ट्याइ गर्ने गरी काम गर्नुस्ः सभामुख घिमिरे ‘साधनमाला’ लोकार्पण गृहमन्त्री अर्यालद्वारा निर्माणाधीन संसद् भवनको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनुभएको छ ।

शनिवार विश्व ध्यान दिवसको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

उहाँले मानिस भएपछि एकले अर्कोलाई प्रेम गर्नुपर्ने र नेपालीहरु एकजुट हुनुपर्ने बताउनु भयो । उहाँले परस्परमा घृणा नभइ विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले ध्यान र योगले भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्ने बताउनु भयो । उहाँले ध्यान दिवसलाई औपचारिक दिवसको रुपमा मात्रै नभइ वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने मार्गदर्शनको रुपमा अघि बढाउनुपर्ने बताउनु भयो । आफू तालि बजाउन नभइ काम गरेर परिणाम निकाल्नका लागि सरकारमा रहेको बताउनु भयो । आफू काममा विश्वास गर्ने र कामबाट परिणाम निकाल्नमा विश्वास गर्ने व्यक्ति भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी मान्छे हौँ, मान्छेले मान्छेलाई प्रेम गर्नुपर्छ । हामी नेपाली हाँै पहिलो कुरा, हामी नेपाली एकजुट हुनुपर्छ । परस्परमा घृणा होइन, विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव हामीले कायम गर्नुपर्छ । समानता कायम गर्नुपर्छ । त्यसको आधारमा राष्ट्रिय एकता कायम गर्नुपर्छ । ध्यानले, योगले यो भवना, व्यवहार, अभ्यासलाई राष्ट्रिय एकताको भावनाका रुपमा अघि बढाउन मद्दत गर्दछ । यस दिवसलाई एउटा औपचारिक दिवसको रुपमा मात्रै होइन, वास्तविक जीवन पद्धतिको रुपमा अपनाउने, मार्गदर्शनको रुपमा अघि बढाउनुपर्छ ।’

प्रधानमन्त्री ओलीले ज्ञानको मुहान ध्यान भएको उल्लेख गर्नुभयो । उहाँले ध्यान र योगलाई आफ्नो दिनचर्या बनाउन आह्वान गर्नुभयो ।