१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्दिरा र मञ्जुको ‘ढकनी र कुरौनी ’ तीज गीत सार्वजनिक



अ+ अ-

काठमाडौँ । हरितालिका तीज पर्वको अवसर पारेर विभिन्न स्रष्टाहरूको सृजना सार्वजनिक हुन थालेका छन् । यसैबीच गीतकार मन्दिरा ढुङ्गेलको शब्द र गायिका मञ्जु थापा र सङ्गीतकार शम्भुजीत बासकोटाको सृजनामा ‘ढकनी र कुरौनी खाउली राती दरैमा’ नामक गीत बजारमा आएको छ ।

‘ढकनी र कुरौनी खाउली राती दरैमा’ नामक भन्ने मौलिक गीत परिवारका सबैजना एकै स्थानमा बसेर सुन्न र रमाउन सकिने गीतकार मन्दिरा ढुङ्गेलले जानकारी दिनुभयो ।

कतिपय तीज गीत विवादमा तानिँदै आएका बेला यस्ता मौलिक गीतले पर्वको महत्व झल्काउने उहाँले बताउनुभयो । तीज गीत आफ्नो मूल प्रवृत्तिबाट विमुख हुँदै गएको बेला मौलिक सृजनाका लागि आउनु पर्ने उहाँले बताउनु भयो ।

तीज गीतको परम्परा र मौलिकतालाई कायम राख्दै गरिएको सृजना श्रोता तथा दर्शकलाई मनपर्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पछिल्लो समय बजारमा सार्वजनिक भएका केही गीत तीजको महत्व र मर्मविपरीत भएको भन्दै आलोचना भइरहेको छ । हाम्रो सांस्कृतिक पर्व तीजसँग जोडिएको छ, यसको मर्मलाई मर्न दिनुहुँदैन यसैलाई अनुसरण गर्दे गित सार्वजनिक गरिएको उहाँले बताउनु भयो ।

यस अघि गायिका मञ्जु को स्वरमा ‘यो तीजमा नजाने माइती’ तीजको रहर आयो बरिलै नयाँ भर्सन ,आफ्नै आगनमा नाच फरर लगायतका चर्चित गित आएका छन् ।

गितको भिडियोमा रीमा विश्वकर्मा, जुना सुन्दास, आव थापाले अभिनय गर्नुभएको छ । सुरेन्द्र बसेलले निर्देशन गर्नुभएको भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको छ ।