५ भाद्र २०८३, शुक्रबार
,
Latest
उपत्यकासहित विभिन्न स्थानमा वर्षा, राति चार प्रदेशमा भारी वर्षाको सम्भावना सुक्दै गएका पानीका मुहान संरक्षणका लागि नेपालकै पहिलो उप–राष्ट्रिय मार्गचित्र सार्वजनिक तेल निर्यातलाई प्रतिदिन एक करोड ब्यारेल पुर्‍याउने इराकको लक्ष्य सार्वजनिक सेवा सुधारका लागि सरकारले जारी गर्‍यो ‘क्विक फिक्स’ कार्ययोजना मधेस प्रदेशसभाः चालु अधिवेशन आज रातिदेखि अन्त्य हुने आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’ एसिसी प्रिमियर कपको अभ्यास खेलः नेपालको लगातार दोस्रो जित धनगढीमा शिक्षा संवादः ‘समस्या सुन्ने मात्र होइन, समाधान हुनुपर्छ’ क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै रिट
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालसहित १२६ देशका नागरिकलाई पाकिस्तानले नि:शुल्क भिसा दिने



अ+ अ-

काठमाडौं । पाकिस्तानले नेपालसहित १२६ देशका नागरिकलाई आफ्नो देश भ्रमणका लागि नि:शुल्क भिसा दिने घोषणा गरेको छ ।

पाकिस्तान सरकारले गत अगष्ट १४ देखि लागू गरेको नयाँ भिसा नीतिमा नेपालसहित १२६ देशका पर्यटक तथा व्यवसायीलाई नि:शुल्क भिसाको व्यवस्था गरेको हो ।

नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हास्मीले अनलाइन भिसा पोर्टलमार्फत पाकिस्तानको संशोधित र उदार भिसा नीति नेपालसहित १२६ देशका नागरिकका लागि पूर्णरूपमा सञ्चालनमा रहेको बताएका छन् । उनले यी देशका पर्यटक र व्यवसायीले बिना शुल्क २४ घण्टाभित्रै भिसा प्राप्त गर्न सक्ने बताएका छन् ।

पाकिस्तान सरकारले गत जुलाईदेखि आफ्नो भिसा नीति परिवर्तन गरेको हो । प्रधानमन्त्री शहबाज शरीफले भिसा व्यवस्थामा सहजताले पाकिस्तानलाई लगानी र पर्यटनको लागि आकर्षक गन्तव्य बनाउन मद्दत गर्ने अपेक्षा गरिएको बताएका थिए ।

नयाँ व्यवस्थाअनुसार पर्यटक तथा व्यापारिक यात्रुलाई २४ घण्टाभित्र ९० दिनको भिसा उपलब्ध गराइनेछ । यसबाहेक, नयाँ अनलाइन भिसा आवेदन फारममा पहिले झन्डै सयको तुलनामा ३० वटामात्रै प्रश्न समावेश गरिएको छ ।