• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo
Latest
★   जनकपुरको गंगा सागरमा पितृ तर्पण गर्नेहरुको भीड ★   बझाङको माझीगाउँ केन्द्रविन्दु भएर भूकम्प ★   जम्मु–कस्मिरमा विधानसभा निर्वाचनअन्तर्गत पहिलो चरणको मतदान सुरु ★   पश्चिम म्याग्दीका किसान कोदोखेतीतिर आकर्षित ★   तोलामा रु तीन सयले घट्यो सुनको मूल्य ★   पाँच वर्ष स्थायी प्रधानमन्त्री रहनसक्ने पद्धतीको खोजी गरौँः महामन्त्री शर्मा (अन्तरवार्ता) ★   पश्चगामी सोचसहित आएका संविधान संशोधनका तर्क स्वीकार्य छैनन्- राष्ट्रिय सभा अध्यक्ष दाहाल ★   सहकारी प्रकरण बारे शंकरको टिप्पणी- जान्नेलाई छान्नेले राजनीतिमा दिन खोजेको विकल्प स्पष्टै भएन र ? ★   ‘मिस्टर काठमाडौं’ प्रकाश राईको हृदयघातका कारण मृत्यु ★   भोजपुरको अकबरे खुर्सानी तराई हुँदै काठमाडौँसम्म हुन्छ ढुवानी

जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हाम्रो प्रमुख दायित्व होः मन्त्री यादव



काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले नेपाली जनतालाई शुद्ध एवं सफा खानेपानी वितरण गर्नु मन्त्रालय र सम्बद्ध पक्षको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

खानेपानी मन्त्रालयले आज मन्त्रालयमा आयोजना गरेको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक तथा आर्थिक वर्ष २०८०र०८१को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मन्त्री यादवले जनतालाई शुद्ध खानेपानी वितरण गर्ने पहिलो प्राथमिकतासहित आफूले काम गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “पानी जीवनका लागि नभइ नहुने चिज हो, पर्याप्त बजेट नभएका कारण त्यही पानी पनि जनतालाई खुवाउन सकिएको छैन । त्यसैले हाम्रो पहिलो उद्देश्य जनतालाई शुद्ध खानेपानी वितरण गर्नु हो भनेर सबैले मिलेर काम गर्नुपर्छ ।”

मन्त्री यादवले जनताका जायज मागलाई मन्त्रालयले आवश्यकताका आधारमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । यसैगरी उहाँले चुरे दोहोन तथा जलवायु परिवर्तनका कारण खानेपानीका स्रोत सुक्दै जाँदा अनेकन समस्या आउनथालेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “मधेसमा चुरेको दोहनका कारण चापाकलमा पानी आउँदैन । पानीका स्रोत सुकेर देखिएका समस्या समाधानका लागि देशभरि नै जलस्रोतकोे अध्ययन गरेर आवश्यक काम गर्न आवश्यक छ ।”

खानेपानी मन्त्रालयको बजेट बर्सेनी घट्दै जानथालेको प्रति मन्त्री यादवले दुःखसमेत व्यक्त गर्नुभयो । “अर्थ मन्त्रालयले हामीले पठाएका फाइल नै खोल्दैन, गर्न नसकिने कामका फाइल यो कारणले नसकिने भनेर लेखेर फिर्ता पठाइ दिए पनि हुन्थ्यो नी १ यो विषयमा अब प्रधानमन्त्रीसँग कुरा राख्छु ।”

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा जयबहादुर टण्डन, मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्राचार्यलगायत कर्मचारीको सहभागिता रहेको थियो ।