५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको स्वास्थ्य र विकासको क्षेत्रमा भारतले थप सहयोग गर्नेछ: राजदुत श्रीवास्तव



अ+ अ-

काठमाडौँ । नेपालका लागि भारतीय राजदुत नविन श्रीवास्तवले स्वास्थ्य र विकासको क्षेत्रमा नेपाललाई भारतले थप सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

आईतवार भक्तपुर क्यान्सर अस्पतालको कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भारतले नेपालप्रतिको आत्मीयता र मित्रतालाई बढाउँदै स्वास्थ्य र विकासका क्षेत्रमा थप सहयोग गर्ने बताउनु भयो । उहाँले नेपाल नागरिकहरुको आश्वकयताअनुसारका स्वास्थ्य सामग्रीहरु प्रदान गर्ने काम भारतले गरिरहेको जिकिर गर्नुभयो । उहाँले नेपाल र भारतको मित्रता सदैव कायम रही रहने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भारत सरकार र भारतको नेपालप्रति जुन आत्मीयता र मित्रता छ, यो सदैव कायम रहनेछ । यस अन्तर्गत हामी नेपालसँग जति सक्छौँ, तपाईंहरुको जरुरतअनुसार पूरा गर्ने कोशिस गर्नेछौँ । स्वास्थ्य होस् वा विकासको क्षेत्रमा हामीले सकेको सहयोग गरिरहेका छौँ ।’

उहाँले भरतपुर अस्पतालले भारतसँग बसको व्यवस्था गरिदन आग्रह गरेको भन्दै यस वर्ष पूरा गर्ने प्रतिवद्धता जनाउनु भयो ।