२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहान हिँडडुल गर्न रानीपोखरी खुला गर्ने महानगरको तयारी



अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रानी पोखरीलाई विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको छ ।

रङ्गरोगन गर्ने, मर्मत गर्नु पर्ने ठाउँमा बनाउने त्यसपछि विहान हिँडडुल गर्न खुला गर्ने तयारी गरेको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिए ।

बुधबार पोखरीको निरीक्षण गर्न अधिकृत परियारसहित प्रशासन विभागका प्रमुख नमराज ढकाल, सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपाल, महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डे, नगर प्रहरी उपरीक्षकहरुलगायत राजिपोखरी पुगेका थिए ।

अवलोकनपछि वडा नं २७ कार्यालयमा गएर वडाध्यक्ष योगेश खड्गीसँग भेटेर रानीपोखरी खुला गर्ने विषयमा छलफल गरिएको थियो । त्यस क्रममा वडाध्यक्ष खड्गीले, रानीपोखरीलाई हिँडडुलका लागि उपलब्ध गराएपछि स्थानीयबासीलाई खुला ठाउँ प्राप्त हुने बताए ।

रानी पोखरीको विगत

निर्माण कालमा करीब ५ बर्ष लगाएर यो पोखरी निर्माण गराएको थ्यासफूमा उल्लेख पाइन्छ । ई।सं। १६६७ जनवरी (७८७ पोहेलागा ४) अर्थात् वि.सं. १७२३ पौष कृष्ण ४ (अमान्तमा) का दिन पोखरीको शिलान्यास भएको थियो । प्रताप मल्लले आफ्ना छोरा चक्रबर्तिन्द्र मल्लको नाममा यो पोखरी बनाएका थिए । पोखरीलाई नेपाल संबत् ८११ ई.सं. १६११० बाट न्हुरपुखुर ९न्हुपुखु) भनिएको मानिन्छ ।

पोखरीको पूर्वमा त्रिचन्द्र कलेज र घण्टाघर, पश्चिममा दरबार हाईस्कूल, उत्तरमा जमल र दक्षिणमा शान्ति वाटिका रहेको छ । मन्दिर, पुलसहित २०,७०८ स्वायर मिटर क्षेत्रफलमा रहेको पोखरी १.६८ मिटर गहिरो छ । बालगोपालेश्वर मन्दिरको उचाई १६.१५ मिटर छ ।

वि. सं. २०७२ सालको भूकम्पले जीर्ण भएपछि पोखरीको पुननिर्माण गरिएको हो । पुननिर्माणको पहिलो चरणमा पोखरी र विचमा रहेको मन्दिर, मन्दिर पुग्ने पुल निर्माण गरिएको थियो । उपभोक्ता समितितर्फ गरिएको काममा, पोखरीको पिँधमा ८ हजार ५७४ दशमलव १३ घनमिटर कालीमाटी राखिएको छ । यसको लागत ८ करोड १५ लाख रुपैयाँ हो । पुननिर्माणको परियोजना ३१ हजार ४७३ बर्गमिटर क्षेत्रफलमा थालिएको थियो । २०७५ चैत ११ गतेबाट थालिएको काम २०७७ साउन ३० गते सकिएको थियो । ठेक्कातर्फ बालगोपालेश्वर मन्दिर र पोखरीको बाहिरी भाग बनाउने गरी करीव २६ करोड रुपैयाँ लागतमा निर्माण भएको हो । २०७६ असार २८ गते सम्झौता गरेर थालिएको काम २०७७ असोज ३० गते सकिएको थियो ।