२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध चयन



अ+ अ-

काठमाडौँ । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्षमा निर्वाचित भएका छन् । यो पदका लागि शाहविरुद्ध कसैले निवेदन नदिएपछि ३५ वर्षीय शाह निर्विरोध चयन भएका हुन् ।

उनले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको ठाउँमा डिसेम्बर १ मा अध्यक्षको पदभार ग्रहण गर्नेछन् । उनी हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव छन् ।

निर्वाचित भएपछि शाहले भने, ‘मलाई आईसीसीको अध्यक्षमा निर्वाचित गर्नु भएकोमा सबैलाई धन्यवाद । म क्रिकेटलाई विश्वव्यापी रूपमा विकास गर्न काम गरिरहनेछु । वर्तमानमा क्रिकेटका धेरै ढाँचाहरूलाई प्रवर्द्धन गर्नु महत्त्वपूर्ण छ । म खेलमा नयाँ प्रविधि ल्याउने प्रयास गर्नेछु, साथै म विश्वकप जस्ता कार्यक्रमलाई विश्व बजारमा लैजानेछु ।’

योसँगै बीसीसीआईले अब सचिव पदमा नयाँ नियुक्ति गर्नुपर्नेछ । अरुण जेटलीका छोरा तथा दिल्ली क्रिकेट संघ (डीडीसीए) का अध्यक्ष रोहन जेटली बीसीसीआईको नयाँ सचिव बन्न सक्ने बताइन्छ ।

न्यूजिल्याण्डका वर्तमान आईसीसी अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । आईसीसीले अगस्ट २० मा बार्कले लगातार तेस्रो पटक अध्यक्ष बन्न नसक्ने बताएको थियो । उनी २०२० देखि यो पदमा थिए । उनले नोभेम्बरमा आफ्नो पद छोड्नेछन् ।