२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईसीसीको अध्यक्षमा जय शाह निर्विरोध चयन



अ+ अ-

काठमाडौँ । जय शाह अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्षमा निर्वाचित भएका छन् । यो पदका लागि शाहविरुद्ध कसैले निवेदन नदिएपछि ३५ वर्षीय शाह निर्विरोध चयन भएका हुन् ।

उनले वर्तमान अध्यक्ष ग्रेग बार्कलेको ठाउँमा डिसेम्बर १ मा अध्यक्षको पदभार ग्रहण गर्नेछन् । उनी हाल भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव छन् ।

निर्वाचित भएपछि शाहले भने, ‘मलाई आईसीसीको अध्यक्षमा निर्वाचित गर्नु भएकोमा सबैलाई धन्यवाद । म क्रिकेटलाई विश्वव्यापी रूपमा विकास गर्न काम गरिरहनेछु । वर्तमानमा क्रिकेटका धेरै ढाँचाहरूलाई प्रवर्द्धन गर्नु महत्त्वपूर्ण छ । म खेलमा नयाँ प्रविधि ल्याउने प्रयास गर्नेछु, साथै म विश्वकप जस्ता कार्यक्रमलाई विश्व बजारमा लैजानेछु ।’

योसँगै बीसीसीआईले अब सचिव पदमा नयाँ नियुक्ति गर्नुपर्नेछ । अरुण जेटलीका छोरा तथा दिल्ली क्रिकेट संघ (डीडीसीए) का अध्यक्ष रोहन जेटली बीसीसीआईको नयाँ सचिव बन्न सक्ने बताइन्छ ।

न्यूजिल्याण्डका वर्तमान आईसीसी अध्यक्ष ग्रेग बार्कलेको कार्यकाल नोभेम्बर ३० मा सकिँदैछ । आईसीसीले अगस्ट २० मा बार्कले लगातार तेस्रो पटक अध्यक्ष बन्न नसक्ने बताएको थियो । उनी २०२० देखि यो पदमा थिए । उनले नोभेम्बरमा आफ्नो पद छोड्नेछन् ।