• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८०: एरिका र रोहित वर्ष खेलाडी- फोटो फिचर ★   हिउँ रहे पो हिमालचुली ! फोटो फिचर ★   रंगीन आकाशको पृष्ठभूमिमा धरहरा ★   भोलिको पुस्ता सम्झिएर वातावरण संरक्षणमा लागौँः परराष्ट्रमन्त्री डा राणा ★   प्रधानन्यायाधीशको सिफारिसका लागि थप छलफल गर्ने संवैधानिक परिषदको निर्णय ★   संसद अवरोध सही छ, जारी रहन्छः माओवादी केन्द्र ★   वार्षिक कार्ययोजना पारित गर्दै एमालेले भन्योः युवा सम्मेलन आयोजना गर्छौं ★   सहकारीको रकम अपचलन गरी विदेश फरार २७ जनाको खोजविन गर्न संसदीय समितिको निर्देशन ★   राष्ट्रपति पौडेलबाट वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान ★   हिन्दु राज्य पुन:स्थापना गर्ने मागसहित र्‍याली

राजाबाबु जैसवालले आफ्नै शरीरमा आगो लगाए



चितवन: बाराका एक युवाले आफ्नै शरीरमा आगो लगाएका छन् । बाराको गढीमाई नगरपालिका–४ घर भई हाल भरतपुर महानगरपालिका–३ लङ्कु बस्दै आएका अन्दाजी २२ वर्षीय राजाबाबु जैसवालले आफ्नो शरीरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार जैसवालले आफू सुत्ने कोठामा कोही नभएको समयमा आफ्नो शरीरमा पेट्रोल छर्किएर आगो लगाएका हुन् ।

सोमबार दिउँसो आफ्नै शरीरमा आगो लगाएका जैसवालको उपचारका क्रममा राति १०ः४० बजे मृत्यु भएको प्रहरीले आज जानकारी दिएको छ । उनको काठमाडौँस्थित कीर्तिपुर हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको नायब उपरीक्षक रिजालले बताउनुभयो ।रासस