२० मंसिर २०८२, शनिबार
,
Latest
अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी पार्टी काँग्रेस र एमाले भन्दा फरक हो भन्ने पुष्टि गरेका छौँ: वर्षमान पुन



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का वर्षमान पुनले आफ्नो पार्टी नेपाली काँग्रेस र नेकपा एमाले भन्दा फरक रहेको पुष्टि भएको बताउनुभएको छ ।

मंगलवार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काँग्रेस र एमाले भन्दा माओवादी पार्टी फरक रहेछ भन्नेकुरा जनताले बुझेको पनि बताउनु भयो । उहाँले सरकार शुरुमा माफीयाबाट परिचालित हो भनेर आरोप लगाउँदा अलि बढी बोलेको जस्तो लागेको भएपनि सरकार बनेको ४० दिनमा प्रमाणित भइरहेको बताउनु भयो । उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले नेतृत्वको सरकारले देश हित विपरित कसैसँग पनि सम्झौता नगरेको दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘शुरुमा माफीयाबाट परिचालित भन्दा बढी बोल्यौँ जस्तो लागेको थियो । किनभने हामीले पनि जनतालाई जवाफ दिनुपर्छ । यो माफीयाको चलखेलमा माफीयाको स्वार्थमा सरकार बन्यो भन्यौँ । त्यसपछि धेरै बोलेका थिएनौँ । तर यो ४० दिनको घटनाले हामीले अनुमान गरेको भन्दा पनि बढी माफीयाको प्रभावमा बनेको रहेछ भन्नेकुरा पुष्टि भएको छ । काँग्रेस र एमाले भन्दा माओवादी फरक रहेछ भन्ने प्रमाणित गरेका छौँ । प्रचण्डको नेतृत्वको सरकारले कसैसँग अब सम्झौता गर्न सकिन्न भनेर लाग्नुभयो । देश र जनताको लागि सरकार सञ्चालन गर्नुभयो । यो बीचमा निकै ठूलो बनिसकेछ विचौलिया वर्ग । त्यो हामी नेतृत्वको सरकारका बेला रिसाउँदै गयो । हामीलाई सरकारबाट बाहिर धकेल्यो ।’

उहाँले अध्यक्ष दाहालले देश र जनताको लागि सरकार सञ्चालन गरेको बताउनु भयो ।