१२ बैशाख २०८२, शुक्रबार
,
Latest
बागमती प्रदेशः डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति भूकम्पको एकदशक : सम्झना ताजा तम्घास–सिमलटारी सडकमा चारवटा पक्की पुल निर्माण श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबीच छलफल कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि अजरबैजान पठाईदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जन गर्ने अधिकार प्राप्तिका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ शिक्षकहरुले आन्दोलन स्थगित गरेर विद्यार्थीको शिक्षा आर्जनका लागि सघाउनुपर्छः काँग्रेस सांसद महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नताशासँग छुट्टिएपछि कोसँग घुम्दैछन् हार्दिक पाण्ड्या ?



अ+ अ-

एजेन्सी । भारतीय क्रिकेट टोलीका अलराउन्डर हार्दिक पाण्ड्या यतिबेला बिदामा छन् । उनले पछिल्लो पटक श्रीलंकाविरुद्धको टी–२० सिरिज खेलेका थिए ।

उनले एकदिवसीय सिरिजबाट आफ्नो नाम फिर्ता लिएका थिए । पत्नी नताशा स्टान्कोभिकसँगको सम्बन्धविच्छेदपछि पाण्ड्या निकै निराश बनेका थिए ।

यद्यपि उनले आफूलाई नियन्त्रण गर्न खोजिरहेका छन् । उनी अहिले विदेश भ्रमणमा छन् । तर उनी कोसँग घुमफिर गरिरहेका छन् भनेर कसैले पत्ता लगाउन सकेका छैनन् । पाण्ड्याले सामाजिक सञ्जालमा पछिल्लो तस्विर शेयर गरेका छन् ।

पाण्ड्याले इन्स्टाग्राममा दुई तस्विर शेयर गरेका छन् । जसमा उनी ट्रेनमा बसेको देखिन्छ । उनी घुम्न निस्किएका छन् । तर उनी कोसँग घुमफिर गर्दै छन् भन्ने कुनै जानकारी आएको छैन । पाण्ड्याको तस्बिर अरुले क्लिक गरेका हुन् ।

पछिल्लो समय पाण्ड्याको नाम बेलायती गायिका जस्मिन वालियासँग जोडिएको थियो । पाण्डेयले जस्मिनसँग डेट गरिरहेको हल्ला चलेको थियो । तर यसबारे आधिकारिक जानकारी भने दिइएको छैन ।

हार्दिक र नताशा किन अलग भए भन्ने बारेमा महत्वपूर्ण जानकारी बाहिर आएको छ । टाइम्स नाउमा छापिएको समाचार अनुसार पाण्ड्यालाई ग्ल्यामरस जीवन मन पर्थ्यो । जबकि नताशा एकदमै शान्त र सरल ढंगले बस्न रुचाउँछिन् । नताशाले पाण्ड्यासँग रहन सक्दो प्रयास गरिन् । तर, यो परिवेशमा उनी आफूलाई मिलाउन सकिनन् ।

मुम्बई इन्डियन्सले आईपीएल २०२४ मा हार्दिक पाण्ड्यालाई टिमको कप्तान बनाएको थियो । तर रोहित शर्मालाई यसबारे पहिले जानकारी गराइएको थिएन । रोहित र उनका फ्यानहरूलाई यो मन परेन । जसका कारण पाण्ड्या धेरै ट्रोल भएका थिए ।

अब आईपीएल २०२५ अघि पनि परिवर्तनको सम्भावना छ । पाण्ड्यालाई मुम्बईको कप्तानीबाट हटाउन सक्ने बताइन्छ । यदि त्यसो भएन भने रोहितले टोली छाड्न सक्नेछन् । यद्यपी यसबारे आधिकारिक जानकारी भने सार्वजनिक गरिएको छैन ।