३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद News Polar संविधानको रक्षा र राष्ट्रिय एकताका लागि एकजुट हुनुपर्नेमा अध्यक्ष ओलीको जोड News Polar दरवाङ–मुना–ढोरपाटन सडक : १४ महिनामा २५ प्रतिशत प्रगति News Polar मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीद्वारा संविधान दिवसको शुभकामना News Polar सङ्घर्षका सात वर्ष : सूचना र सामाजिक उत्तरदायित्वको प्रतिबद्धता News Polar भक्तपुरमा ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार महिलाको मृत्यु, श्रीमान् घाइते News Polar आज कागे अष्टमी पर्व मनाइँदै News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नोर्डक्याप यात्रा, उत्तरी नर्वेको आकर्षक गन्तव्य News Polar विदेशी विद्यार्थीलाई नेपालमा अध्ययनका लागि वातावरण बनाउनुपर्छः मुख्यमन्त्री कार्की News Polar कृषिमन्त्री चौधरीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट News Polar मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा News Polar पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन News Polar बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति News Polar फ्लाइ दुबईले पोखराका लागि दैनिक प्रत्यक्ष उडान सञ्चालन गर्ने घोषणा News Polar धनधान्यकी देवी महालक्ष्मीको आजदेखि १६ दिनसम्म विशेष आराधना सुरु News Polar सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि १४ कार्यक्रम सञ्चालनमा

वर्ल्डलिंकप्रति उपभोक्ताको गुनासो, शुल्क अनुसारको सेवा पाइएन

वर्ल्डलिंकप्रति उपभोक्ताको गुनासो, शुल्क अनुसारको सेवा पाइएन
अ+ अ-

काठमाडौं । ईन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नियमित शुल्क बुझाएका ग्राहकलाई पनि भरपर्दो सेवा नदिएको भन्दै उपभोक्ताले गुनासो गरेका छन् ।

कतिपय ग्राहकलाई प्रबिधि अपग्रेड गर्ने भन्दै पुरानो राउटर परिवर्तन गर्न लगाएको तर फेरिएको राउटरबाट ईन्टरनेट राम्ररी नचलेपछि पुन नयाँ खरिद गर्न बाध्य पारिएको गुनासो गरेका छन् ।

ललितपुरको भैसेपाटीका ग्राहक सञ्जय शर्माले भन्नुभयो, छिटो भनेकै वर्ल्डलिंकको नाराले उसैलाई गिज्याइरहेको होला । पटक पटक गुनासो गर्दा पनि सुनुवाई हुँदैन । एउटा ग्राहकलाई पटक पटक राउटर किन्न बाध्य पार्नु र परिवर्तन गर्दा पनि गुणस्तरीय सेवा प्राप्त भएको छैन ।

उहाँले भैंसेपाटी क्षेत्रका धेरै ग्राहकले यस्तै गुनासो गर्न थालेको बताउनुभयो । यसै क्षेत्रका प्रेम ओझाले पनि कम्पनीले भरपर्दो सेवा नदिएपछि दिक्क भएर अर्को इन्टरनेट प्रदायकबाट सेवा लिन बाध्य भएको गुनासो गर्नुभयो ।

उहाँहरुले कम्पनीमा सम्पर्क गर्दा राम्रोसँग रेस्पोन्स नगर्ने, सानोतिनो मर्मत गर्दा हुनेमा पनि सामान नै फेर्न लगाउने र त्यस्ता सामान उनीहरुकै कम्पनीबाट खरिद गर्नुपर्दा आफूहरु ठगिएको महसुस गर्नु भएको छ ।

पछिल्लो समय ललितपुरको जाउलाखेलमा केन्द्रीय कार्यालय रहेको वर्ल्डलिंकले राजस्व छलीगरेको आरोप पनि लागेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार नौ वटा इन्टरनेट सेवा प्रदायकबाट रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत कूल रु तीन अर्ब ६४ करोड रकम असुल गर्न बाँकी छ । जसअनुसार वर्ल्डलिंक कम्युनिकेसनले रु एक अर्ब ९६ करोडभन्दा बढी तिर्न बाँकी छ ।