१३ असार २०८३, शनिबार
,
Latest
हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा सैद्धान्तिक विरोधाभासको ‘चक्रव्यूह’मा रास्वपा काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि आठ विश्वविद्यालयका उपकुलपति छनोटका लागि अन्तर्वार्ता र प्रस्तुतीकरण सुरु नेपाली सेनाद्वारा बागमती ड्याममा मनसुनजन्य विपद् प्रतिकार्य तयारी अभ्यास सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

वातावरणीय अपराध रोकथामका लागि सचेतना तालिम



अ+ अ-

चितवन । अमेरिकी विकास सहयोग नियोग (युएसएड)को जलजङ्गल परियोजना (अमेरिकी जनता)को सहयोगमा वातावरणीय अपराध रोकथाम तथा नियन्त्रणसम्बन्धी एक दिवसीय सचेतना तालिम सुरु गरिएको छ । मध्यवर्ती र सामुदायिक वनहरुमा तालिम सुरु गरिएको हो ।

इनोभेटिभ भिजन प्रालिले चितवन राष्ट्रिय निकुञ्जका सबै मध्यवर्ती सामुदायिक वनका र २४ सामुदायिक वन उपभोक्ता समितिका सदस्यलाई एक दिनका दरले यसै साताबाट तालिम दिन सुरु गरेको हो ।

तालिमको संयोजन गरिरहनुभएका वातावरण पत्रकार कोमलचन्द्र भगतका अनुसार इनोभेटिभ भिजन प्रालिका वातावरणविद् डा नानीमैया सुजखु, सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा रविशर्मा अर्याल, केन्द्रीय अनुसन्धान ब्यूरोका पूर्वप्रमुख हेमन्त मल्ल र राष्ट्रिय निकुञ्ज तथा संरक्षण विभागका पूर्वमहानिर्देशक फणिन्द्रराज खरेलले तयार गर्नुभएको कार्यपत्रका आधारमा स्थानीय स्रोत व्यक्तिले प्रस्तुतीकरण गरेर तालिम दिनुभएको छ ।

भगतका अनुसार एउटा कक्षामा ४० देखि ४५ जना सहभागी हुनेछन् । तीमध्ये आधा महिला हुनुपर्ने व्यवस्था गरिएको छ । तालिम सेप्टेम्बर महिनाभित्रमा सम्पन्न गर्नेगरी भइरहेको भगतले जानकारी दिनुभयो । गएको आइतबार मृगकुञ्ज मध्यवर्ती सामुदायिक वनबाट तालिम सुरु भएको हो । चोरी–सिकारी नियन्त्रण युवा जागरण अभियान मृगकुञ्जका अध्यक्ष एवं तालिमका सहजकर्ता वसन्त रानाका अनुसार तालिमले ऐन कानुनका विषयमा समेत उपभोक्ताहरुलाई पूर्णरुपमा जानकारी गराएर संरक्षणमा टेवा पुर्‍याइने छ । यो तालिममार्फत देशभरका १० हजार जनालाई वातावरणीय अपराध रोकथाम तथा नियन्त्रण सम्बन्धि सचेजना जगाउने लक्ष्य लिइएको छ ।