२९ भाद्र २०८३, सोमबार
,
Latest
प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टी–२० विश्वकपका लागि अष्ट्रेलियाको टोली घोषणा



अ+ अ-

एजेन्सी । क्रिकेट अष्ट्रेलिया (सीए) ले आईसीसी महिला टी–२० विश्वकप २०२४ का लागि आफ्नो टोली घोषणा गरेको छ । अनुभवी स्पिनर जेस जोनासेनले टी–२० ढाँचामा ९६ विकेट लिए पनि अस्ट्रेलियाको १५ सदस्यीय टोलीमा स्थान पाएकी छैनन् ।

अष्ट्रेलियाको महिला टोलीमा जोनेसनको स्थानमा टेला भ्लेमिन्कलाई समावेश गरिएको छ । डार्सी ब्राउन चोटबाट फर्किएकी छन् ।

टी–२० विश्वकपका लागि छनोट भएको टोलीले अर्को महिना न्युजिल्यान्डसँग तीन खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ । अलराउन्डर हेदर ग्राहम टोलीसँग युएई जाने छैनन् ।

अष्ट्रेलियाको टोलीः
एलिसा हिली (कप्तान), डार्सी ब्राउन, ऐश गार्डनर, किम गर्थ, ग्रेस ह्यारिस, अलाना किंग, फोबी लिचफिल्ड, ताहलिया म्याकग्रा (उप–कप्तान), सोफी मोलिनक्स, बेथ मुनी, एलिस पेरी, मेगन सट, अन्नाबेल सदरल्याण्ड, जर्जिया वेयरहम ।

केही दिनअघि बंगलादेशमा राजनीतिक अस्थिरताका कारण महिला टी–२० विश्वकप बंगलादेशबाट युएईमा सारिएको थियो । अक्टोबर ३ बाट सुरु हुन लागेको यस प्रतियोगिताका खेल दुबई इन्टरनेशनल र युएईको शारजाहको मैदानमा हुनेछन् । श्रीलंका र जिम्बाब्वे क्रिकेट बोर्डले पनि आ–आफ्नो देशमा प्रतियोगिता आयोजना गर्न चासो देखाए पनि काउन्सिलले खेल युएईमा गराउने निर्णय गरेको थियो ।