२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्रलाई रोक्न खोज्दा चुनावमा पुग्यो नेकपा एस, आकांक्षीको बाढी



अ+ अ-

काठमाडौं । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई रोक्न खोजेपछि नेकपा एकीकृत समाजवादी पदाधिकारी तथा पोलिटब्यूरो सदस्य छान्न निर्वाचन गराउनुपर्ने अवस्थामा पुगेको छ ।

अध्यक्ष माधवकुमार नेपालले वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डेलाई सर्वसम्मत गराउन चाहेका थिए । तर सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसाल पक्षले त्यसलाई अस्वीकार गर्‍यो । खनाल र भुसाल समूहले वरिष्ठ उपाध्यक्षमा प्रमेश हमाललाई अघि सारे । हुन त हमाल पनि माधवकुमार नेपाल पक्षकै नेता हुन् । तर खनाल र भुसालले राजेन्द्रलाई रोक्न नयाँ कार्ड फालेको बताइएको छ ।

त्यसो त अध्यक्ष नेपाल पनि आफ्नै समूहका दुई नेताले वरिष्ठ उपाध्यक्षमा दाबी गरेपछि ठोस निर्णयमा पुग्न सकेनन् । उनले ढुलमुले नीति लिएका थिए । सहमतिको प्रयासमा पनि उनले खास चासो दिन सकेनन् । अन्तत: चुनावबाटै वरिष्ठ उपाध्यक्ष छानिने भएको हो ।

एकीकृत समाजवादीमा वरिष्ठ उपाध्यक्षका लागि मात्र होइन, उपाध्यक्ष, उपमहासचिव र पोलिटब्यूरो सदस्यमा पनि आकांक्षी धेरै छन् । उपाध्यक्षका लागि ४० जनाभन्दा बढी र उपमहासचिवका लागि २० जना ।सचिवका लागि  ६० भन्दा बढी आकांक्षी छन् ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्य छान्न निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम आज बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ ।

केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी चुनिएका छन् ।