२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम म ढुक्कले भन्न सक्छु–एमाले अजम्बरी छ: ओली एमालेसँग बहुमत ल्याउने ल्याकत छ, चुनावबाट भाग्दैनः ओली एनपीएल फाइनल: सुदूरपश्चिम टस जितेर ब्याटिङमा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन- फोटो फिचर अमेरिकामा मौसमी फ्लु प्रकोपः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मोरङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारी बैंकका ग्राहकलाई होटेल सांग्रिलामा १५ प्रतिशतसम्मको छुट



अ+ अ-

काठमाडौं । कुमारी बैंक र लाजिम्पाटस्थित होटेल सांग्रिलाबीच ग्राहकलाई विशेष छुट दिने बारे सम्झौताभएको छ । सो सम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ्ग लामाले हस्ताक्षर गरेका छन् । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिकरूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । 

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत होटेल सांग्रिलाका विभिन्न सेवाहरुमा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था पनि गरेको हो । कुमारी बैंकका ग्राहकले सांग्रिला होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यस्तै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।