९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुमारी बैंकका ग्राहकलाई होटेल सांग्रिलामा १५ प्रतिशतसम्मको छुट



अ+ अ-

काठमाडौं । कुमारी बैंक र लाजिम्पाटस्थित होटेल सांग्रिलाबीच ग्राहकलाई विशेष छुट दिने बारे सम्झौताभएको छ । सो सम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका मार्केटिङ प्रमुख नवीनमुनि बज्राचार्य तथा होटल सांग्रिलाका तर्फबाट सेल्स तथा मार्केटिङ निर्देशक सांगे तेञ्जिङ्ग लामाले हस्ताक्षर गरेका छन् । बैंकको प्रधान कार्यालय टंगालस्थित एक संक्षिप्त कार्यक्रममा आधिकारिकरूपमा उक्त छुट सम्बन्धी सम्झौता गरिएको हो । 

कुमारी बैंकले आफ्ना ग्राहकहरूलाई यस सहकार्यमार्फत होटेल सांग्रिलाका विभिन्न सेवाहरुमा बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकहरुलाई आकर्षक छुटको व्यवस्था पनि गरेको हो । कुमारी बैंकका ग्राहकले सांग्रिला होटेल अन्तर्गतका विभिन्न रेष्टुरेन्ट तथा आउटलेटहरुमा खानपिनमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने जनाइएको छ । यस्तै आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।