• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

आज महिला नेतृ मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस



काठमाडौँ । उपप्रधामन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

मङ्गलादेवीको २८औँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले आज बिहान शोभा भगवतीमा रहेको मङ्गलादेवीको सालिकमा माल्यार्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको बताउनुभयो ।

उहाँले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मङ्गलादेवी फाउण्डेसनको अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उहाँले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई नेपाल महिला सङ्घको स्थापना भएको थियो । रासस