२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज महिला नेतृ मङ्गलादेवी सिंहको २८औँ स्मृति दिवस



अ+ अ-

काठमाडौँ । उपप्रधामन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष एवं महिला नेतृ मङ्गलादेवी सिंहको सालिकमा माल्यार्पण गर्नुभएको छ ।

मङ्गलादेवीको २८औँ स्मृति दिवसका अवसरमा उपप्रधानमन्त्री सिंहले आज बिहान शोभा भगवतीमा रहेको मङ्गलादेवीको सालिकमा माल्यार्पण गर्नुभएको हो । सो अवसरमा उपप्रधानमन्त्री सिंहले महिलाको हक, अधिकारका लागि आवाज उठाउने पहिलो महिला मङ्गलादेवी भएको बताउनुभयो ।

उहाँले अहिले संविधानमा रहेको समावेशी, समानुपातिक प्रतिनिधित्व र नीतिगत तहमा महिला प्रतिनिधित्व मङ्गलादेवीकै नेतृत्वमा भएको आन्दोलनको उपलब्धि भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा मङ्गलादेवी फाउण्डेसनको अध्यक्ष सिर्जना सिंहले मङ्गलादेवी महिलाका लागि प्रेरणा श्रोत रहेको जनाउँदै उहाँले नेपाली महिला आन्दोलनमा दिएको योगदान अतुलनीय रहेको बताउनुभयो ।

महिलाको हक, अधिकारलाई सुरक्षित बनाउनका लागि विसं २००४ साउन २४ गते मङ्गलादेवी सिंहको अध्यक्षतामा महिला भेला भई नेपाल महिला सङ्घको स्थापना भएको थियो । रासस




भर्खरै