१८ आश्विन २०८३, आईतवार Sunday, October 4, 2026
१८ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद News Polar १५औँ महाधिवेशनमा केन्द्रीय सदस्यका लागि खगेन्द्र आचार्यको उम्मेदवारी News Polar सुनचाँदीको मूल्य घट्यो News Polar निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै कांग्रेस, लगानी सुरक्षा र कर स्थायित्वमा जोड News Polar कोरलानाका हुँदै चिनियाँ राजदूत चाङ माओमिङसहित सात सदस्यीय टोली लोमान्थाङमा News Polar तीन उपसभापति बनाउने तयारी भए आङ्देम्बे उपसभापतिमा उठ्ने News Polar बेकरी व्यवसायका २०७ जना व्यवसायीलाई खाद्य स्वच्छता तालिम News Polar स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध News Polar अब्दुल सत्तारले गरे सहमहामन्त्रीमा उम्मेदवारी घोषणा News Polar बागमतीमा ‘शिव सर्किट’ : शिवालय र शैव धार्मिकस्थललाई एउटै पर्यटन मार्गमा जोडिँदै News Polar कांग्रेस महाधिवेशनमा यसपटक १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म News Polar मकवानपुरका विद्यार्थीको दैनिक सङ्घर्षः भत्किएको पुल तर्दा वर्षेनी मृत्युसँग पौँठेजोरी News Polar दसैँको बिदामा घुमफिर गर्न लमजुङका १० गन्तव्य उपयुक्त News Polar महालक्ष्मीको १६ दिने व्रत समापन News Polar सानेपाबाट छुटेको कांग्रेसको रेल News Polar पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित News Polar नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै News Polar तीन वर्षपछि उस्तै विपद् दोहोरिँदाको अत्यास News Polar लकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति News Polar पाठेघरको मुखको क्यान्सरविरुद्ध तनहुँका दुई हजार पाँच सय ४८ किशोरीलाई एचपिभी खोप

माओवादी बैठकः जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई

माओवादी बैठकः जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा (माओवादी) केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई दिने निर्णय गरेको छ । 

शनिवार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले सो निर्णय गरेको हो । त्यस्तै बैठकमा बाँकी रहेका संगठनात्क कामहरु टुंग्याउने जिम्मा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई दिने निर्णय भएको पनि नेकपा (माओवादी केन्द्र) नेता तथा पूर्व सभामुख कृष्णबहादुर महराले बताउनु भयो । उहाँले बैठकमा एमसीसीको बारेमा चर्को बहस भइरहेकोले त्यसलाई समाधान गर्न पार्टीले एउटा कार्यदल बनाएको र कार्यदलले सुझाव दिएपछि मात्रै परिमार्जनसहित अघि बढ्ने कुरामा छलफल भएको बताउनु भयो ।

नेता महराले भन्नुभयो,  ‘अहिलेको समसामयिक परिस्थितीको विषयमा ब्रिफिङ गर्ने र परामर्श लिने उद्देश्य साथ बैठक बोलाइएको हो । आजको बैठकमा तीन वटा कुरा बिफ्रिङ गर्नुभएको छ अध्यक्ष कम्रेडले । एउटा आज बस्ने भनिएको थियो केन्द्रिय कमिटीको बैठक । हमीले यो तत्काललाई बस्न सम्भव छैन । अहिलेको जुन कोभिडको स्थिती छ, यो अलि चर्को छ । त्यस कारणले कोभिड अलि मत्थर नभएसम्म बैठक स्थगित गर्ने, तर तत्काल कामको निमित्त अध्यक्ष कम्रेडले कामहरु अघि बढाउने, केही तलका संगठनात्मक कामहरु बाँकी रहेका छन् भने टुंग्याउने तल प्रदेश जिल्लाहरुले । 

त्यसपछि केही कामहरु खास गरेर जनपरिचालनका कामहरु अध्यक्ष कमरेडले दिने भन्ने निर्णय भयो । अर्को एमसीसीको कुरा अलि चर्को ढंगले उठेको छ । त्यसमा हाम्रो पार्टीले एउटा कार्यदल बनाएको छ । त्यसको सुझाव लिएर आवश्यक परिमार्जन संशोधन गरेर अगाडि बढ्न सुझाव दिने । त्यो कार्यदलको सुभाव पर्खिने । तेस्रो कुरा चुनावको कुरामा छलफल चल्दैछ, चुनावमा सकेसम्म कम खर्चमा सकेसम्म तीन वटा चुनाव एकैपटक गर्न पाए राम्रो भन्ने ढंगले छलफल चलिरहेको छ कार्यदल भित्र । यो छलफल अझ पनि जारी छ । निर्वाचन आयोग, बुद्धिजीविहरु, पत्रकारहरु, त्यसपछि कानूनविदसँग सल्लाह लिएर यसको निस्कर्षमा पुग्न बाँकी नै छ ।’

नेता महराले  बैठकमा तीन वटै तहको चुनाव सकेसम्म कम खर्चमा एकैपटक कसरी गर्न सकिन्छ भनेर छलफल भएको र अब निर्वाचन आयोग, पत्रकार, बुद्धिजीविहरुको रायअनुसार कानूनविद्हरुसँग छलफल गरेर निस्कर्षमा पुग्ने बताउनु भयो ।