५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

भलिवल कभर्डहल निर्माण उप समिति गठन



फाईल फोटो
अ+ अ-

काठमाण्डौ : राष्ट्रिय खेलकुद परिषद्ले भलिबल कभर्डहल निर्माण स्थल छनौट तथा तयारीका लागि तीन सदस्यि  उप समिति गठन गरेको छ । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सकिने सुविधा सम्पन्न भलिबल कभर्डहलको निर्माणका लागि जग्गा प्राप्ती र आवश्यक तयारीका लागि भलिवल संघका अध्यक्ष जीतेन्द्र बहादुर चन्दको संयोजकत्वमा उप समिति गठन गरेको हो ।

परिषद्का सदस्य सचिव स्तरिय निर्णयबाट गठन भएको उपसमितिले  विभिन्न सरकारी निकाय तथा स्थानिय तहसंग समन्वय गरी उपयुक्त जग्गा छनौट गरि प्राप्तीका लागि प्रारंभिक चरणको कार्य गर्नु पर्ने छ । यस्तै जग्गा एकिन भएपछि २०८१ असोज महिना भित्र डि पीआरको लागि आधार तयार गर्ने उपसमितिलाई कार्यदेश दिईएको छ । उपसमितिले कार्यदेश अनुसारको काम सम्पन्न गरि ३० दिन भित्र परिषद्मा प्रतिवेदन पेश गर्नु पर्ने उल्लेख गरिएको छ ।

त्रिपुरेश्वर स्थित कभर्डहलमा अन्तराष्ट्रिय प्रतियोगिता आयोजना तथा  अभ्यासका लागि पर्याप्त नभएकोले सुविधा सम्पन्न कभर्डहल निर्माण आवश्यक भएको परिषद्ले जानकारी दिएको छ । राष्ट्रिय खेल भलिबललाई थप व्यवस्थित बनाउदै आकर्षण बढाउने उदेश्यले सुविधा सम्पन्न हल निर्माणका लागि पहल थालिएको परिषद्का सदस्य सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।

उपसमितिमा अन्तर्राष्ट्रिय भलिबल रेफ्री र्गौतम प्रसाद लासिवा र राखेपका इन्जिनियर शिवचन्द्र यादव सदस्य छन् ।