१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

राष्ट्रिय सभा अध्यक्ष र संसदीय समितिका सभापतिहरुको पुनः निर्वाचन गरौंः एमाले

राष्ट्रिय सभा अध्यक्ष र संसदीय समितिका सभापतिहरुको पुनः निर्वाचन गरौंः एमाले
अ अ+ अ-

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) ले सबै संसदीय समितिका सभापतिहरुको पुनः निर्वाचन गर्नुपर्ने प्रश्ताव गरेको छ ।

आईतवार बसेको सार्वजनिक लेखा समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले विपक्षलाई सार्वजनिक लेखा समितिको सभापति दिनुपर्ने माग गरेपछि एमालेका सांसदहरु योगेशकुमार भट्टराई र गोकुल बास्कोटाले पुनः निर्वाचनद्वारा सबै समितिका सभापतिहरु चयन हुनुपर्ने माग गरेका हुन् ।

एमालेका सचिव एवं संसदीय विभाग प्रमुख समेत रहनुभएका भट्टराईले राजनीतिक नेतृत्वले सहमती गरेर चयन गरिएको सार्वजनिक लेखा समितिको सभापतिबारे प्रश्न गरेर दबाबमा राख्ने काम नगर्न पनि माओवादी केन्द्रका सांसद मोदीलाई चेतावनी दिनुभयो । सो समितिका सभापतिमा एमालेका ऋषिकेश पोखरेल सभापति हुनुहुन्छ । सांसद भट्टराईले विगतमा आफूले सत्तामा रहँदा पनि सो पद लिएको हेक्का राख्न पनि प्रतिपक्ष दलहरुलाई सचेत गराउनु भयो ।

उहाँले भन्नुभयो,‘सार्वजनिक लेखा समितिमा यो कुरा दुई पटक उठेको छ । यो सार्वजनिक लेखा समितिको सभापतिबारे मैले बोलिन भने अधुरो रहन्छ होला भनेर मैले बोल्नुपर्ने भयो । यो सबैलाई थाहा छ कि सार्वजनिक लेखा समितिको एउटा संसदीय व्यवस्थाको परम्परा अनुसार संसदको विपक्षी दलको प्रतिनिधि हुन्छ भन्ने कुरा हामी सबैलाई विदितै छ । त्यो कुरा म एउटा नेकपा एमालेको प्रतिनिधिको हिसावले एमालेलाई सबै थाहा छ । तर म माननीय सभापतिमार्फत के भन्न चाहन्छु भने हामीले कतिपय परम्पराहरु मिच्दै आएका छौं । र अन्य ढंगले पनि काम गर्दै आएका छौं । यस पटक २०७९ सालको निर्वाचन पछि संघीय संसदमा समितिहरुको सभापति कुनै निर्वाचन प्रक्रियाबाट भएको होइन । एउटा सहमतीपूर्वक मुख्य राजनीतिक दलहरुको बीचमा सहमती भएर सभापतिहरुको जिम्मेवारी बाँडफाँड भएको हामी सबैलाई थाहा छ । त्यही अनुसार सार्वजनिक लेखा समिति नेकपा एमालेको तर्फबाट भयो । र नेकपा एमालेको तर्फबाट माननीय सभापतिजी हुनुहुन्छ । यो एउटा सहमतीबाट भएको हो । र यसमा राजनीतिक दलको नेतृत्वको बीचमा पुनः अर्को केही सहमती हुन्छ भने हाम्रो सभापतिजी एक मिनेट पनि यहाँ बसिरहनु पर्छ जस्तो मलाई लाग्दैन । उहाँले छोड्नु हुन्छ । पार्टीले नै निर्देशन गर्छ कि उहाँले छोडनु पर्छ । राजीनामा दिनु हुन्छ । जसलाई हस्तान्तरण गर्नुपर्ने हो, उहाँलाई गर्नुहुन्छ । यो कुरा म पार्टीको प्रतिनिधिको रुपमा पनि भन्न चाहन्छु । तर पटक पटक यस्तो कुरा उठाएर सभापतिजीलाई दबाबमा राख्नुको औचित्य मैले देख्दिन । यो दबाबमा राख्ने शैली हो । सम्बन्धित पार्टी नेतृत्वले नेपाली काँग्रेसको नेतासँग, नेकपा एमालेको नेतासँग पार्टीका प्रमुखहरुसँग बसेर यो कुरा सेटल गरे हुन्छ । मेजरिटीले सभामुख हुन्छ, राष्ट्रिय सभाको  अध्यक्ष चयनमा त्यो नियम फलो गरेका छौं । आज कुनकुन समितिमा को को छौं ? हिजो यही लेखा समितिमा हामी कसरी बस्यौं ? को को कति समय बस्यौ ?  सत्तापक्ष हुँदा को थियौ, प्रतिपक्ष हुँदा गयौ कि गएनौं ?  त्यसकारण यस्ता बेतुकको तर्क गर्नुको म अर्थ देख्दिन । माननीयजीहरुलाई म भन्न चाहन्छु कि पार्टीको माथिल्लो नेतृत्वमा सहमती गर्नुस् । हामी त्यो नियम पालना गर्न तयार छौ । त्यसकारण यसरी दवावमा राख्नुको मैले केही अर्थ देख्दिन । ’

यता प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का सांसद मोदीले भने प्रतिपक्षले सो समितिको सभापति दिनुपर्ने कुरामा किन्त, परन्तु भन्न नमिल्ने जिकिर गर्नुभयो । उहाँले विगतमा सत्तापक्षले सो समितिको सभापति राखेको भएपनि गलत भएको भन्दै अहिले त्यसलाई साथ दिने कुरा मान्न नसकिने तर्क समेत गर्नुभयो ।
सांसद मोदीले भन्नुभयो, ‘एउटा कालखण्डमा कसैले अपराध ग-यो । वा गल्ती ग-योभने त्यही मोडलबाट जानुपर्छ भन्ने हो त ? हिजो पनि लेखा समितिमा साथीहरु सभापति हुनुहुन्थ्यो । गणतन्त्रमा सबभन्दा सुन्दर पक्ष भनेर प्रतिपक्षलाई दिने भनेर आवाज उठाउँदै गर्दा दिनु भएन । अब त्यही सिको सिक्ने त ? हिजोसम्म गल्ती ग¥यो वा केही मिस्टेक गरे भने यसलाई हामीले दोहो¥याउने कि सच्याउने ? आज यत्रो बहस छ । हिजोसम्म पैसा उठाउन नसकेको डेडिकेटेड लाईन आज किन उठाउनु पर्छ भनेर छलफल गरिरहेका छौँ भन्दा हिजोको गल्तीलाई सच्याउनका लागि हो । तसर्थ, लोकतन्त्रको एउटा सुन्दर पक्ष के हो भने सार्वजनिक लेखा समितिलाई प्रतिपक्षलाई नै दिनुपर्छ । यो कुरामा किन्तु, परन्तु केही छैन । यति भन्न चाहन्छु । ’

एमालेका सांसद गोकुल बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षलाई दिने हो भने राष्ट्रिय सभा अध्यक्ष र प्रतिनिधि सभाको उपसभामुखको पुनः निर्वाचन हुनपर्ने प्रश्ताव गर्नुभयो । त्यसैगरी सबै समितिको सभापतिहरुको पनि निर्वाचन गरेर नेतृत्व चयन गर्नुपर्ने उहाँको जिकिर थियो । सांसद बास्कोटाले सार्वजनिक लेखा समितिको सभापति फेर्ने विषयमा राजनीतिक सहमती गरेर आउन पनि माओवादी केन्द्रका सांसद मोदीलाई चुनौति दिनुभयो ।
उहाँले भन्नुभयो, ‘समितिको सभापतिबारे कुरा छ । राजनीतिक रुपमा विमति थियो, हामीले उठाएका थियौ । त्यो पार्लियामेन्टबाट होइन, अदालतले स्थापित गरेको थियो । सरकार बनाएको थियो । त्यसकारण हामीले अर्कै प्रक्रियाबाट आईसकेपछि फरक चिज बन्न पुगेको थियो । र अहिले एकल सरकार भएको भएपनि यो कुरा ठिकै हुन्थ्यो होला । मेरो अर्को सामान्य कुरा छ–राष्ट्रिय सभाको अध्यक्ष फेरौं, प्रतिनिधि सभाको उपसभामुख फेरौं । यहाँ पनि फेरौं । तर फेर्ने कुरा पोलिटिकल्ली गरेर आउनुस्, यहाँ मसला बनाउने विषय होइन । त्यो तयार हो ? सबै समितिको निर्वाचन गरौं । किनभने यहाँ समिकरणको कुरा घण्टा घण्टा राजनीतिक समिकरण बदलिन्छ । राजनीतिमा त्यो छ । जनतालाई त्यो मन पर्दैन ।

सांसद बास्कोटाले संसदीय समितिका सभापतिहरु राजनीतिक सहमतीको आधारमा चयन भएकाले यसको समस्या राजनीतिक रुपमा नै हल गर्नुपर्ने बताउनु भयो । —न्युज एजेन्सी नेपाल