• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

ओमानका विदेशमन्त्री भोलि काठमाडौं आउदै



काठमाडौं । ओमानका विदेशमन्त्री सैयद बदर बिन हमद अल बुसैदी सोमबार नेपाल आउने भएका छन् ।

परराष्ट्रमन्त्री आरजु देउवा राणाको निमन्त्रणामा विदेशमन्त्री बुसैदी दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।

दुई देशका विदेशमन्त्रीबीच दुई देशको आपसी हितबारे छलफल हुनेछ । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति र प्रधानमन्त्रीसँग समेत भेटवार्ता गर्ने कार्यतालिका छ ।

विदेशमन्त्री बुसैदी मंगलबार ओमान फर्किनेछन् ।