• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   ‘मौरी मर्नुको कारण परिजीवी, विषादी र कुपोषण’ ★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु

बैंकिङ कसुरका अपराधमा नगद जरिवाना गराउनुपर्छ: डा वाग्ले



काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा.स्वर्णिम वाग्लेले बैंकिङ कसुरका अपराधमा जेल हाल्ने भन्दा पनि नगद जरिवाना गराउन आवश्यक रहेको बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमिति बैठकमा बोल्दै उपसभापति वाग्लले यस्तो बताउनुभएको हो । उहाँले विश्वब्यापी रुपमा नै यस्तो मान्यता रहेको भन्दै नेपालमा पनि यसलाई फलो गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले बैंकिङ अपराध पनि एक खालको कसुर भएको बताउनु भयो ।

उहाँले जुनसुकै अपराधमा गर्दा पनि ठोक्ने जाक्ने, थुन्ने भन्ने खालको भाष्य समाजमा बनेको भन्दै त्यसलाई परिवर्तन गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सानो कसुर गरेको खण्डमा ठूलो जरिवाना स्वरुप कारबाही हुँदा त्यस्तो दुष्कर्म गर्नतर्फ नलाग्ने अवस्था आउने भन्दै यस्तो खालको व्यवस्था गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले सरकारले सबैतिर कडा र प्रहरी लगाउन नसक्ने भन्दै जरिवानाको व्यवस्था गर्न उपयुक्त हुने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘२५ सय वर्ष अगाडि कौटिल्यको अर्थशास्त्रमा पनि त्यही लेखिएको छ । सबैतिरबाट कसि कसाउ गर्न सकिँदैन । प्रहरी गैडा गैडामा तैनाथ गर्न सकिँदैन । त्यसैले स्पट चेक गर्नुपर्छ । दोषी पाइएमा कडा भन्दा कडा कारबाही गर्ने हो । डराएर नै बैंकिङ कसुरको काम गर्दैन भन्ने हो । यो सिद्धान्तलाई अन्य विकशित मुलुकहरुले लागू गरिसकेका छन् । अपराधसम्बन्धि कानूनहरुमा सकारात्मक र सिर्जनात्मक रुपमा डेटेरेन्सतिरबाट मात्रै जाऔं ।’

बैङ्किङ कसुर तथा सजाय सम्बन्धी ऐन संशोधनमा नगद कारबाहीलाई प्राथमिकता दिनु आवश्यक रहेको सुझाव दिनुभयो । उहाँले अन्तर्राष्ट्रिय बजारमा समेत आर्थिक कसुरमा भौतिक कारबाही भन्दा नगद कारबाही गराउने गरेको भन्दै नेपालमा पनि त्यही प्रणाली विकास गर्न आवश्यक रहेको बताउनु भयो ।