• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   आदि शङ्कराचार्यको पदचाप पछ्याउँदै… ★   ईडब्लूएल: काठमाडौं स्पाइकर्सका मुख्य प्रशिक्षकमा जगदिश भट्ट नियुक्त ★   कृषि ऐन छिटो ल्याउन प्रयत्नरत छु: कृषिमन्त्री अधिकारी ★   प्रधानमन्त्री ओलीबाट पदक विजेता पलेसालाई पुरस्कार प्रदान ★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु ★   सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ?

युवराज सिंह ‘दिल्ली क्यापिटल्स’को प्रशिक्षक बन्न सक्ने



एजेन्सी । भारतीय पूर्व स्टार अलराउन्डर युवराज सिंह ५ वर्षपछि इन्डियन प्रिमियर लिग (आईपीएल) मा फर्किने सम्भावना छ । तर, उनको भूमिका परिवर्तन हुनेछ । उनी दिल्ली क्यापिटल्सको प्रशिक्षक बन्न सक्ने बताइएको छ ।

स्पोर्ट्स स्टारले स्रोतलाई उद्धृत गर्दै दिल्ली फ्रेन्चाइजले युवराजलाई प्रशिक्षक बन्नको लागि सम्पर्क गरेको दाबी गरेको छ । अहिले वार्ता चलिरहेको छ । प्रशिक्षक पद छाडेका रहेका रिकी पोन्टिङले पनि यस्तो संकेत गरेका थिए ।

उनले भनेका थिए कि फ्रान्चाइजीले मुख्य प्रशिक्षकको भूमिकाका लागि पूर्व भारतीय क्रिकेटरको खोजी गरिरहेको छ ।

गत महिना युवराज गुजरात टाइटन्सको प्रशिक्षक बन्ने खबर आएको थियो । अस्ट्रेलियाका पूर्व कप्तान रिकी पोन्टिङले गत महिना दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षकको पद छाडेका थिए । उनी पछिल्लो ७ सिजन दिल्ली क्यापिटल्ससँग आवद्ध थिए । दिल्लीको टोली पछिल्लो तीन सिजन प्लेअफमा पुग्न सकेको छैन ।

युवराज सिंह दिल्लीको प्रशिक्षक बने भने यो उनको पहिलो प्रशिक्षकको जिम्मेवारी हुनेछ । उनले सन् २००८ देखि २०१९ सम्म आईपीएल खेलेका थिए । उनी २०१९ को अन्तिम सिजनमा मुम्बई इन्डियन्सको हिस्सा थिए । उनले आफ्नो १२ वर्ष लामो आईपीएल करियरमा पञ्जाब किंग्स, पुणे वारियर्स इण्डिया, दिल्ली क्यापिटल्स, रोयल च्यालेन्जर्स बैंगलोर र सनराइजर्स हैदरावादको हिस्सा बनेका छन् ।