२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल

भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो

भारतमा कोरोना संक्रमितको संख्या ९५ लाख नाघ्यो
अ अ+ अ-

नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ । कूल संक्रमित ९५ लाख ३४ हजार ९६५ मध्ये सक्रिय संक्रमितको संख्या ४ लाख २२ हजार ९४३ रहेको छ । भारतमा हालसम्म ८९ लाख ७३ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । विगत २४ घण्टामा ५२६ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सहित भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३८ हजार ६४८ पुगेको छ । 

भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर १४ करोड ३५ लाख नमूना परीक्षण गरिएको जनाएको छ । भारतमा विगत २६ दिनदेखि ५० हजारभन्दा कम व्यक्ति संक्रमित भेटिएका छन् । पछिल्लो पटक गत नोभेम्बर ७ मा ५० हजार व्यक्ति संक्रमित भेटिएका थिए । भारतीय राज्य महाराष्ट्रमा सक्रिय संक्रमितको संख्या अझै ८८ हजार ५३७ छ । यस राज्यमा ४७ हजार ३५७ जनाको मृत्यु भइसकेको छ । 

यसैबीच, विश्वभर कोरोना संक्रमितको संख्या ६ करोड ४८ लाख ४४ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका छन् । कोरोना संक्रमितमध्ये १४ लाख ९९ हजार ३४६ जनाको ज्यान गइसकेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म एक करोड ४३ लाख संक्रमित भएकामध्ये २ लाख ७९ हजार ८६५ जनाको मृत्यु भइसकेको छ । तेस्रो सर्वाधिक असर परेको ब्राजिलमा ६४ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित भएका र त्यसमध्ये एक लाख ७४ हजार ५३१ जनाको मृत्यु भएको छ । 

विश्वभर मृत्यु भएकाको संख्याका आधारमा चौथो स्थानमा मेक्सिको रहेको छ जहाँ एक लाख सात हजार ५६५ जनाको मृत्यु भइसकेको छ । बेलायतमा ५९ हजार ६९९, इटालीमा ५७ हजार, फ्रान्समा ५३ हजार ८१६, इरानमा ४८ हजार ९९०, स्पेनमा ४५ हजार ७८४ तथा रसियामा ४१ हजार ५३ जनाको मृत्यु भइसकेको छ ।