१२ भाद्र २०८३, शुक्रबार
,
Latest
एमालेका दुई प्रदेश कमिटीद्वारा राहतका लागि २० लाख सहयोग घोषणा पूर्वप्रधानमन्त्री कार्कीद्वारा एक महिनाको पेन्सन रकम सहयोग केदारनाथ शर्मा बने नयाँ गृह सचिव बाढीपछि भारत र चीनसँग बेलिब्रिज माग्दै नेपाल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई सूर्य नेपालद्वारा १५ करोड रुपैयाँ सहयोग बाढी प्रभावितलाई पत्रकार महासङ्घ गुल्मीद्वारा एक लाख सहयोग एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सद्वारा भोटेकोशी बाढीपीडितलाई एक करोड सहयोग रोजगारीका लागि रसुवा पुगेका १२ झापाली बाढीपछि सम्पर्कविहीन परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच टेलिफोन वार्ता रसुवा बाढीपीडितलाई बैतडीका चार स्थानीय तहले नौ लाख सहयोग गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुँला पर्वको अवसरमा स्वयम्भुमा सप्तविधानुत्तर पूजा-फोटो फिचर



अ+ अ-

काठमाडौँ, ८ भदौः गुँला पर्वका अवसरमा स्वयम्भूनाथमा आज ‘सप्तविधानुत्तर’ पूजा गरिएको छ । वरिष्ठ तथा ज्येष्ठ नागरिक समाज काठमाडौँ महानगरपालिका–१५ स्वयम्भूले आयोजना गरेको पूजामा मुलाचार्य, उपाध्याय तथा अन्य गुरुज्यूहरूले सामूहिक रूपमा उक्त पूजा गर्नुभएको छ ।

समाजका अध्यक्ष शारदामुनि बज्राचार्यका अनुसार बौद्ध धर्मका अनुयायीहरूले विभिन्न प्रकारबाट पूजा गर्ने गर्दछन् । तीमध्ये प्रख्याति सप्तविधानुत्तर पूजा एक हो । उहाँका अनुसार सप्त भनेको सात र विधान भनेको विधिविधान हो । पूजाविधिअन्तर्गत बौद्ध बज्रयानी अभ्यासमा चारतन्त्रबमोजिम क्रियातन्त्र, चर्यातन्त्र, योगतन्त्र र अनुत्तर योगतन्त्र हुने गर्दछ ।

सप्तविधानुत्तर पूजालाई उच्चतम श्रद्धा र आस्थायुक्त पूजा क्रियाको रुपमा लिने गरिन्छ । बज्राचार्यका अनुसार आफ्नो र अरुको हित गर्ने, विभिन्न ग्रहदशा निवारण भई सुख, शान्ति र आनन्दका लागि यो पूजा गरिन्छ ।

सुखमा, दुःखमा, जन्मदिनमा आपत्विपत् परेको समय, गृहकलहलगायत बेला यो पूजा गर्ने गरिन्छ । एक देखि एक सय आठ गुरुहरूबाट यो पूजा हुने जानकारी दिँदै बज्राचार्यले यो महिना भगवान् बुद्ध ध्यानमा बसेको महिना हो, त्यसैले यस समयमा मानिसले आफ्ना खराब खानपान तथा व्यवहार त्याग्ने पनि गर्छन् ।