१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेशनल लाईफ इन्स्योरेन्सद्वारा लाभांश संशोधन, कति छ अब नगद लाभांस र बोनस शेयर ?



अ+ अ-

काठमाडौँ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी यसअघि घोषणा गरेको लाभांश संशोधन गरेको छ । बीमा समितिले कम्पनीले यसअघि प्रस्ताव गरेको लाभांश वित्तीय विवरण सम्बन्धि निर्देशिका अनुसार नभएको भन्दै पत्र पठाएपछि हिजो बुधबार अपरान्ह बसेको बैठकले संशोधन गरेको हो । 

कम्पनीले यसअघि आव २०७५/७६ को लागि हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र २.५ प्रतिशत बोनस शेयर प्रस्ताव गरेकोमा संशोधन गर्दै अब १० प्रशित बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि) प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव सुरेशप्रसाद खत्रीले बताउनु भएको छ । 

कम्पनीको हाल कायम चुक्ता पूँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५ सय ४८ रुपियाँ छ । प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरे पछि वितरण गरिने कम्पनी सचिव खत्रीले बताउनु भयो ।