• २ आश्विन २०८१, बुधबार
  •      Wed Sep 18 2024
  •   Unicode
Logo

विष्णु माझीको तीज गीत ‘आइनँ आमा…’ सार्वजनिक



काठमाडौं । तीज नजिकिँदै गर्दा चर्चित गायिकाका विष्णु माझीको तीज गीत सार्वजनिक भएको छ ।

माझीको ‘आइनँ आमा…’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा उनको एकल स्वर छ ।

एकै झल्को देख्न मन छ
तिम्रो आँगन टेक्न मन छ
आइनँ आमा ओ यो तीजैमा

‘पुतलीको भट्टी’ भाग २०’ अन्तर्गत सार्वजनिक गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द तथा संगीत छ । गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन् ।

सुन्दरमणिकै निर्देशनमा तयार भिडिओमा मोडल ललिता फिचर्ड छिन् ।

मौसम हिमालीको कोरियोग्राफी रहेको भिडिओलाई शम्भु चालिसेले छायांकन र प्रविन भट्टले सम्पादन गरेका हुन् ।

हेर्नुस् भिडियो–