१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाँजा खेतीको कानूनी मान्यताको लागी बाटो खुल्यो



अ+ अ-

गाँजा खेतीको कानूनी मान्यताको लागी हामीले जुन बहस संन्चाल गर्दै संसदमा गाँजा खेतीको कानूनी मान्यताको लागी गैरसरकारी विधेयक नै दर्ता गरेका छौं । अब यसको लागी बाटो खुल्ला भएको छ । हरेक नेपालीलाई र सिंगै राष्ट्रलाई धनी बनाउन सक्ने यो गाँजालाई अब कानून बनाएर हामी खुल्ला गर्नेछौं । गाँजाको बारेमा अन्तराष्ट्रिय रुपमै बहस भैरहेको सन्दर्भमा विश्व स्वास्थ्य संगठनले ३ बर्ष अगाडी नै संयुक्त राष्ट्र संघलाई गाँजालाई लागू औषधको सुचीबाट हटाई यसलाई औषधयी गूण भएको बनस्पतिको सूचीमा राख्न पत्र लेखेको थियो । सो प्रक्रियालाई संयुक्त राष्ट्र संघले आफ्नो सदस्य राष्ट्रहरुको बिचमा छलफलमा पठाएको थियो ।

हामीले नेपालमा ब्यापक छलफल बहस पश्चात नेपालले पक्षमा मतदान गर्ने निष्कर्षमा पुग्यौं । संयुक्त राष्ट्र संघको कमिसन अन नार्कोटिक ड्रगमा सचिवालयमा ५३ सदस्य हुन्छन नेपाल पनि सौभाग्यले भोट हाल्न पाउने सदस्यको रुपमा छ । नेपाल सरकारको निर्णय र आदेशमा जेनेभामा रहनु भएका राजदुत प्रकाश कुमार सुबेदीले पक्षमा मतदान गर्नुभयो । नेपाल लगायत २७ मुलुकले लागुपदार्थ सम्बन्धी अन्तरराष्ट्रिय सन्धिमा गाँजा प्रतिबन्धलाई खुकुलो बनाउने  प्रस्तावको पक्ष मा मतदान गरेका छन ।

यो प्रस्ताव बहुमतले पारित भयो । नेपाल सरकारलाई मुरी मुरी धन्यवाद र यो अभियानमा लाग्ने सबै महानुभावहरु, समर्थन गर्ने जनसमुदाय र प्रचार गर्ने पत्रकार र मिडियालाई लाखौंलाख धन्यवाद छ । अब हाम्रो अभियान संसदमा दर्ता भएको कानूनलाई पास गराउन सबै पक्षलाई आह्वान गर्दछु । सिंगल कन्भेन्सन नन नर्कोटिक ड्रग १९६१ भनिने अन्तरराष्ट्रिय  सन्धिको ५३ सदस्य रहने निर्णयक बोर्डमा नेपालले पहिलो पटक मतदान अधिकार प्रयोग गर्दै औषधी जन्य गाँजा को पक्ष  मा मत खसाएको हो ।
विश्व ब्यापी रुपमा मान्यता पाइरहेको बहुउपयोगी गाँजा र यस् बाट बन्ने औषधीको लागि आवश्यक कच्चा पदार्थ देखी कपडा र  खाध्यबस्तु  समेत निर्यात गर्ने बाटो खुल्ला गर्नको लागि तत्काल गाँजा प्रतिबन्ध फुकुवा गर्दै नियमन  प्रणालीमा जान सक्नु आजको जटिल परिस्थिती को माग हो ।  यो माग पुरा गर्न सक्ने एक मात्र अवसर वर्तमान सरकारको कांधमा छ । संयुक्त राष्ट्रसंघले नै अब गाँजा औषधीय गुण भएको बनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनेसकेपछी अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त भएको । यो अवसरको उपयोग गर्दै अब छिटो भन्दा छिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं ।

एको बनस्पति र यसबाट मानव जीवनलाई हानी हुँदैन भनेसकेपछी अब यसको प्रतिबन्ध फुकाउन हामीलाई अवसर प्राप्त भएको । यो अवसरको उपयोग गर्दै अब छिटो भन्दा छिटो कानून पास गरेर गाँजा प्रतिबन्ध फुकुवा गरौं ।