१९ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहिबार एक हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बिहिबार देशभर एक हजार ३ सय ४३ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ पीसीआर परीक्षणमा थप १ हजार ३ सय ४३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।

मन्त्रालयले पछिल्लो २४ घन्टामा २१ सय ११ जना कोरोनामुक्त भई डिस्चार्ज भएसंगै कोरोनामुक्त हुनेको संख्या २ लाख २० हजार २ सय ७२ जना पुगेको छ । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १५ हजार ७ सय ६६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घन्टामा नेपालमा थप १३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ ।