• १ आश्विन २०८१, मंगलवार
  •      Tue Sep 17 2024
  •   Unicode
Logo

सहकारी प्रकरण: गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग समितिले लियो बयान



काठमाडौं – सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीसँग बयान लिइरहेको छ। समितिले बिहान ११ बजे पछि जोशीलाई समितिमा बोलाएको थियो ।

समितिले आजै पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई पनि गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा बयान लिँदैछ। लामिछानेलाई आज दिउँसो २ बजे बयान लिने समितिको तयारी छ ।

गोर्खा मिडिया नेटवर्कका अध्यक्ष जीवी राई भने अझै फरार छन्। उनीहरूले ग्यालेक्सी टिभी सञ्चालनका लागि विभिन्न सहकारीबाट पैसा ल्याएर अपचलन गरेको आरोप छ।