२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

कमला ह्यारिस अमेरिकी राष्ट्रपतिको औपचारिक उम्मेदवार



कमला ह्यारिस (AP Photo/Mike Stewart)
अ+ अ-

अमेरिकाकी उपराष्ट्रपति कमला ह्यारिस डेमोक्रेटिक पार्टीका तर्फबाट औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवार हुनु भएको छ ।

सिकागोमा चार दिनदेखि जारी पार्टीको सम्मेलनको अन्त्यमा ह्यारिसले सम्बोधन गर्दै आफूले पार्टीको प्रस्तावलाई स्वीकार गरेको घोषणा गर्नु भएको छ ।

सम्बोधनका क्रममा ह्यारिसले अमेरिकाको गृह मामिलाका विविध पक्षमा आफ्नो अडान प्रस्तुत गर्दै विश्व मञ्चमा पनि अमेरिकाले शान्ति र सुरक्षित विश्वका लागि काम गर्ने घोषणा गर्नुभयो ।

ह्यारिसले युक्रेनलाई दिइएको सहायतालाई निरन्तरता दिने, इरानको छद्म युद्धलाई समाप्त गर्ने, उत्तर कोरियाको प्रभावलाई निस्तेज पार्ने तथा गाजामा जारी द्वन्द्व समाप्त गर्ने घोषणा गर्नु भएको थियो ।

रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पका नीतिले अमेरिकालाई अधोगतिमा लैजाने बताउँदै उहाँले आफूलाई मतदान गरेर जिताए अमेरिकी मूल्यमान्यतालाई सुदृढ गराएर अघि बढाउने दृढता व्यक्त गर्नुभयो ।

आफूलाई आफ्नी आमा र बाबुले प्रगतिशील र न्यायका लागि कुनै पनि सम्झौता गर्न हुँदैन, निरन्तर अघि बढ्नु पर्छ भन्ने सिकाएको बताउँदै ह्यारिसले संघर्षपूर्ण आफ्नो जीवनकालमा अमेरिकालाई राम्रोसँग बुझेको र त्यही बमोजिम काम गरेर आफूलाई प्रमाणित गरेको पनि सुनाउनु भयो ।

ह्यारिसको सम्बोधनसँगै पार्टीको सम्मेलन समाप्त भएको छ । यस सम्मेलनमा पूर्वराष्ट्रपति बाराक ओबामा, बिल क्लिन्टन, अन्य विशिष्ट व्यक्तिले सम्बोधन गरेका थिए ।

पार्टीको अधिवेशनले ह्यारिसलाई औपचारिक रुपमा राष्ट्रपतिको उम्मेदवारी घोषणा गरेसँगै अब मुख्यत: दुई प्रतिस्पर्धी चुनावी मैदानमा देखिएका छन् ।

सर्वेक्षणहरुले डोनाल्ड ट्रम्प र ह्यारिसबीच खासै ठूलो मतान्तर नभएको बताउँदै आएका छन् । र कसले चुनाव जित्छ भन्ने अनुमान गर्न कठिन रहेको बताइएको छ ।




भर्खरै