२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा होः विमलेन्द्र निधी News Polar ह्विलिङ चार्ज महंगो भयो, यसलाई पुनरावलोकन गर्नुपर्छः इप्पान अध्यक्ष डाँगी News Polar चीनद्वारा अन्तरिक्ष प्रविधिको विकासलाई निरन्तरता दिँदै नयाँ उपग्रह प्रक्षेपण News Polar भारतमा ठूलो प्रदर्शनअघि ‘कक्रोच’ आन्दोलनका प्रमुखसहित तीन नेता पक्राउ News Polar फोटो पत्रकारितामा एआई प्रविधि र प्रतिलिपि अधिकार चुनौतीः अध्यक्ष वन्त News Polar विद्यार्थी आन्दोलनदेखि कांग्रेस सभापतिसम्म थापाको यात्रा News Polar शिक्षामा आधुनिक प्रविधि र मानवीय मूल्यको सन्तुलन अपरिहार्यः राष्ट्रपति पौडेल News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध

बिहिबार कोरोबारको अन्तिम दिन शेयर बजार १५.५७ अंकले ओरालो

बिहिबार कोरोबारको अन्तिम दिन शेयर बजार १५.५७ अंकले ओरालो
अ अ+ अ-

काठमाडौं । बिहिबार कोरोबारको अन्तिम दिन शेयर बजार १५ दशमलव ५७ अंक घटेर २ हजार ५५ दशमलव ४५ विन्दुमा झरेको छ । सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ७६ अंक घटेर ३९२ दशमलव २९ विन्दुमा झरेको छ । सामान्य करेक्सन भएको बजारमा रू. ८ अर्ब २ करोड ६० लाख २३ हजार बराबरको शेयर कारोबार भएको छ । बिहीबार २०० वटा कम्पनीको ६४ हजार ४२६ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५८ लाख ८९ हजार ५६० कित्ता शेयर कारोबार भएको हो । 

यो दिन नाफा बुक गर्नेहरु हाबी हुँदा बजार घटेको जानकारहरु बताउँछन् । निरन्तर उकालो लागेको बजार बिहीबार भने दोहोरो अंकको करेक्सन भएको हो । अहिलेको बजारमा यो अंकको करेक्सन सामान्य रहेको समेत जानकारहरुको बताउँनु हुन्छ । बजार बुलिस ट्रेण्डमै रहेकाले सामान्य करेक्सन हुँदै अघि बढ्ने विश्वास रहेको छ ।कारोबार रकमले कायम गरेको उचाईले पनि भोलिका दिनमा बजारको स्थायित्व कायम रहीरहने विश्वास लगानीकर्ताहरुको छ । 

यो दिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । उक्त कम्पनीको रू. १ अर्ब ११ करोड ४० लाख ८ हजार बराबरको शेयर कारोबार भएको हो । उक्त कम्पनीको हालसम्मकै उच्च रकमको कारोबार बिहिबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको यो दिन कम्पनीको शेयरमूल्य भने घटेको छ । उच्च दरमा कम्पनीको मूल्य बढ्दा बिहिबार भने नाफा बुकको प्रभाव परेको देखिन्छ । यो दिन कम्पनीको शेयर न्यूनतम १ हजार ६८६ देखि अधिकतम रू. १ हजार ८३६ सम्म खरीदविक्री भएको छ । कम्पनीको अन्तिम मूल्य भने बुधबारको भन्दा प्रतिकित्ता रू. २३ ले घटेर रू. १ हजार ७३५ मा झरेको छ । कम्पनीले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट आकर्षक लाभांशसहित हकप्रद निष्काशन गर्ने हल्लाको कारण शेयर खरीद चाप बढी हुदाँ मूल्य बढेको देखिन्छ । यद्यपि यस विषयमा उक्त कम्पनीको आधिकारिक सूचना भने हालसम्म सार्वजनिक भने भएको छैन । कम्पनीले आईपीओ विक्री गर्दा आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ५ प्रतिशत बोनस शेयर विक्री गर्ने योजना बनाएको थियो । उक्त वर्ष लाभांश वितरण गर्न बीमा समितिले रोक लगाएपछि पछिल्लो आर्थिक वर्षबाट आकर्षक लाभांश दिने आशा लगानीकर्तामा रहेको छ ।

बिहिबार १२ वटा समूहमध्ये जलविद्युत् र लघुवित्त मात्र बढेका छन् भने बाँकी समूह घटेका छन् । यो दिन जलविद्युत् समूहको शून्य दशमलव ६ प्रतिशत र लघुवित्तको शून्य दशमलव ९५ प्रतिशत परिसूचक बढेको हो । बिहिबारको बजारमा व्यापारिक समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो समूहको परिसूचक ६ दशमलव ९४ प्रतिशतले घटेको हो । त्यस्तै बैंकिङको शून्य दशमलव ५८ प्रतिशत, होटलको शून्य दशमलव ४१ प्रतिशत, विकास बैंकको शून्य दशमलव ९१ प्रतिशत, वित्तको शून्य दशमलव ७५ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ६५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १ दशमलव ५१ प्रतिशत, अन्यको १ दशमलव शून्य ६ प्रतिशत, जीवन बीमाको २ दशमलव शून्य १ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ४२ प्रतिशत परिसूचक घटेको छ । केहि दिन अघि निरन्तर सर्किट लेभलमा मूल्य बढेको दुई विशाल बजार र साल्ट ट्रेडिङ कर्पोरेशनको शेयरमूल्य बिहीवार भने सर्वाधिक घटेको छ । विशाल बजार कम्पनीको ६ दशमलव ९७ प्रतिशतले घटेर रू. ३ हजार १९० र साल्ट ट्रेडिङ कर्पोरेशनको ६ दशमलव ९४ प्रतिशत घटेर रू. ५ हजार ७०० मूल्य कायम भएको हो ।

यस दिन एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयर, अपर तामाकोशी र नेपाल सेवा लघुवित्तको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वद्धि भएको छ । एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य ९ दशमलव ९६ प्रतिशत अर्थात प्रतिकित्ता रू. २७ ले बढेर अन्तिम मूल्य रू. २९८ पुगेको छ भने अपर तामाकोशीको ९ दशमलव ९५ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ३९ ले बढेर अन्तिम मूल्य रू. ४३१ पुगेको छ । त्यस्तै नेपाल सेवा लघुवित्तको ९ दशमलव शून्य ६ प्रतिशत अर्थात प्रतिकित्ता रू. ७१ ले मूल्य बढेर अन्तिम मूल्य रू. ८५५ कायम भएको छ ।